एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध
काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...
काठमाडौं – नेपाली बजारमा बीएमडब्लुका दुई मोटरसाइकल बीएस६ जी ३१० जीआर र जी ३१० जीएस मोटरसाइकलको बुकिङ खुला भएको छ । यसका साथै यी मोटरसाइकलको मूल्य समेत तोकिएको छ ।
नेपालका लागि बीएमडब्लुको आधिकारिक वितरक हिमालय मोटरार्डले यी दुई मोटरसाइकलको बुकिङ खोलेको हो । केही दिनमै यी मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुनेछ ।
नेपाली बजारमा पहिले देखि नै यी मोटरसाइकल उपलब्ध भए पनि हाल बीएस६ मापदण्डयुक्त इन्जिन सहितका मोटरसाइकल भित्रिन लागेका हुन् । जी ३१० जीएसको मूल्य १४ लाख ५० हजार र जी ३१० आरको मूल्य १३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध यी मोटरसाइकलको मूल्य क्रमशः १० लाख ९० हजार र ९ लाख ७५ हजार रुपैयाँ छ ।
भारतमा भने पहिले उपलब्ध बीएस४ को तुलनामा नयाँ बीएस६ मोटरसाइकलको मूल्य कम छ । कम्पनी स्रोतका अनुसार बीएमडब्लुले भारतीय बजारका लागि मात्र मूल्य कम गरेको र निर्यात बजारका लागि कुनै पनि छुट उपलब्ध नगराएकाले मूल्यमा असर परेको हो । त्यसैगरी नेपाल सरकारले केही समय पहिले सार्वजनिक गरेको नयाँ नीति अनुसार बढी सीसी क्षमताका मोटरसाइकलमा कर बढाएकाले पनि यसमा असर पुगेको छ । यी सबैका कारण मोटरसाइकलको मूल्य बढ्न गएको बताइएको छ ।
यद्यपि नयाँ मोटरसाइकल किन्ने ग्राहकका लागि हिमालय मोटरार्डले प्रि–बुकिङ अफरको रुपमा २० हजार रुपैयाँ छुट र आकर्षक हेल्मेट समेत उपलब्ध गराउने बताएको छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...
चीप अभावको समस्यासंग जुधिरहेको जर्मन अटो निर्माता बिएमडब्लुले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...