सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी अक्टोबरसम्म बिक्री भएको कुल संख्याको तुलनमा यसबर्षको सोही अबधीमा उसले ४८ प्रतिशतले बजार बढाएको हो । गत बर्षको सोही अबधीमा २ लाख २७ हजार ७ सय २१ युनिट स्कुटर बिक्री गरेको सुजुकीले यो बर्षको ७ महिना अबधीमा ३ लाख ३७ हजार ८ सय १७ युनिट बिक्री गरी बजार हिस्सामा समेत ४ प्रतिशतले सुधार गरेको छ ।

यससंगै अघिल्लो बर्षको सोही अबधीमा जम्मा १० प्रतिशत मात्र बजार हिस्सा रहेकोमा अहिले बढेर १४ प्रतिशत पुगेको छ । एक्सेस १२५ को बिक्रीमा भारी बृद्धि हुँदा सुजीकीले स्कुटर सेग्मेन्टमा बजार हिस्सा बढाएको हो । स्कुटरमा सुजुकी होन्डा र टिभिएसपछि तेस्रो स्थानमा रहेको छ ।

भारतमा सबैभन्दा बढी होन्डाले ५० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । ७ महिनाको यो अबधीमा होन्डाले कुल १२ लाख १५ हजार स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो बर्षको सोही अबधीमा बिक्री भएको ११ लाख ८१ हजार ६ सय ९३ युनिटको तुलनामा ३ प्रतिशतले बढी हो ।

होन्डापछि दोस्रो स्थानमा रहेको टिभिएसको हिस्सा २० प्रतिशत रहेको छ । टिभिएसले यो अबधीमा ४ लाख ८० हजार स्कुटर बिक्री गर्दै उक्त हिस्सा ओगटेको हो । टिभिएसले अघिल्लो बर्षको सोही अबधीमा कुल २ लाख २७ हजार ७ सय २१ युनिट बिक्री गरेको थियो ।

चौथो स्थानमा रहेको हिरोले भने यस बर्षको ७ महिना अबधीमा जम्मा २ लाख ४ हजार १ सय १८ युनिट स्कुटर बिक्री गरेको छ । यो अघिल्लो बर्षको सोही अबधीमा बिक्री गरेको २ लाख ४० हजार ९ सय ५९ युनिटको तुलनमा १५ प्रतिशतले कमी हो । हिरोले यो अबधीमा बजार हिस्सा समेत २ प्रतिशतले गुमाउँदै ८ दशमलब ५२ प्रतिशतमा सिमित हुनु परेको भारतमा सबैभन्दा बढी होन्डाले ५० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । ७ महिनाको यो अबधीमा होन्डाले कुल १२ लाख १५ हजार स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो बर्षको सोही अबधीमा बिक्री भएको ११ लाख ८१ हजार ६ सय ९३ युनिटको तुलनामा ३ प्रतिशतले बढी हो ।

त्यसैगरी यामाहाको बिक्रीमा समेत ८ प्रतिशतले कमि आएको छ । यामाहाले यो अबधीमा कुल १ लाख २७ हजार ४ सय ३४ युनिट स्कुटर बिक्री गरेको छ । अघिल्लो बर्षको सोही अबधीमा कुल १ लाख ३९ हजार युनिट बिक्री गरेको यामाहाको बजार हिस्सा समेत ६ प्रतिशतबाट झरेर ५ प्रतिशतमा सिमित भएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी स्कुटर एक्सचेञ्ज मेलामा कुनै पनि पुरानो मोडलसँग बर्गम्यान र एक्सेस स्कुटर साट्न सकिने

सुजुकी स्कुटर एक्सचेञ्ज मेलामा कुनै पनि पुरानो मोडलसँग बर्गम्यान र एक्सेस स्कुटर साट्न सकिने

काठमाडौं – सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज...

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...