कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान अहिले खासै चर्चामा रहेको पाइदैन । यो सेग्मेन्टको चर्चा सब फोर मिटर एसयूभीको बढ्दो प्रभावसँगै ओझेलमा पर्न थालेको हो । ५ बर्षअघिसम्म यो सेग्मेन्टले बजारमा राम्रै पकड जमाएको भएपनि त्यसपछि साना एसयुभीको बढ्दो प्रभावसँगै यो सेग्मेन्ट अहिले नराम्रोसँग प्रभाबित बन्दै गएको छ ।

नेपालमा यो सेग्मेन्टको बजारलाई फराकिलो बनाउन सुजुकी डिजायर र बलेनोको योगदानलाई महत्वपूर्ण मानिन्छ । तत्कालीन समयमा हुन्डाई एक्सेन्ट र होन्डा अमेजले समेत निकै राम्रो कारोबार गरेपनि बजारको नेतृत्व भने सुजुकीको यी दुई कारले लामै समयसम्म गरिरह्यो । पछि बजारमा टाटा टिगोर र अल्ट्रोज समेत थप भएपनि यी कारले खासै बजार लिन भने सकेनन् ।

यी कार भित्रिंदा नेपालमा यो सेग्मेन्टको बजार नराम्रोसँग प्रभाबित बनिसकेको थियो । हाल कम्प्याक्ट सेडानसँगै ह्याचब्याकको समेत माग घट्दो क्रममा छ । कुनै समय २ हजार हाराहारीमा आयात हुने यो सेग्मेन्ट अहिले खुम्चिएर ५ सय भन्दा तल झरेबाट पनि यसको घट्दो लोकप्रियता थप प्रष्ट हुन्छ ।

बजारमा यो सेग्मेन्टका कारको माग कम हुँदै गएपनि हुन्डाई, मारुती सुजुकी, होन्डा र टाटाले भने विभिन्न मोडलका कम्प्याक्ट सेडान आयात गर्न छाडेका छैनन् । हाल बजारमा हुन्डाइको औरा, मारुती सुजकीको डिजायर र बलेनो, होन्डाको अमेज तथा टाटाको अल्ट्रोज र टिगोर उपलब्ध छन् । जसमध्ये सबैभन्दा कम मूल्यको टाटा टिगोर बीएस ४ देखिएको छ । यो गाडीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी अल्ट्रोज बीएस४ को मूल्य ३२ लाख ५५ हजारदेखि ३८ लाख ५५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । टिगोर बीएस६ को मूल्य ३२ लाख ५० हजारदेखि ३९ लाख ५५ हजारसम्म र अल्ट्रोज बीएस६ को ३५ लाख ५० हजार तोकिएको छ ।

१.२ लिटर क्षमताको इन्जिन जडान गरिएको टिगोरको अधिकतम पावर ८४ बीएचपी र टर्क ११३ एनएम रहेको छ भने अल्ट्रोजको पावर ८५ बीएचपी र टर्क ११३ एनएम नै रहेको छ ।

यो सेग्मेन्टमा दोस्रो सस्तो कार बनेको छ हुन्डाई औरा । औराको मूल्य नेपाली बजारमा ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । १.२ लिटर क्षमताको इन्जिन जडान गरिएको यो कारको अधिकतम पावर ८२ बीएचपी र टर्क ११४ एनएम रहेको छ ।

त्यसैगरी होन्डा अमेजको बेस भेरिएन्टको मूल्य ३५ लाख ११ हजार रुपैयाँ निर्धारण गरिएको छ भने टप भेरिएन्टको ४८ लाख १८ हजार । जसका कारण टप भेरिएन्टमा अमेज सबैभन्दा महंगो देखिएको छ । अमेजमा पनि १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८६ बीएचपी र टर्क १०९ एनएम रहेको छ ।

यो सेग्मेन्टमा सबैभन्दा बढी खपत हुने मारुती सुजकी डिजायरको मूल्य ३५ लाख ५९ हजारदेखि ३९ लाख ९ हजारसम्म र बलेनोको ३६ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । यी दुबै कारमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसमध्ये डिजायरको अधिकतम पावर ८२ बीएचपी र टर्क ११३ एनएम तथा बलेनोको ८३ बीएचपी पावर र ११५ एनएम टर्क रहेको छ ।

सम्बन्धित समाचारहरू

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

जगुआर ल्यान्ड रोभरलाई भारतमै उत्पादन गर्ने टाटा मोटर्सको तयारी

जगुआर ल्यान्ड रोभरलाई भारतमै उत्पादन गर्ने टाटा मोटर्सको तयारी

काठमाडौं– लक्जरी कार ब्राण्ड जगुआर ल्यान्ड रोभर भारतमै उत्पादन हुने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...