यामाहाले ल्यायो आर१५ भी३ मा आधारित युनिबडी सिट सहितको नयाँ मोटरसाइकल आर१५एस

यामाहाले भारतीय बजारमा आर१५ भी३ लाई फेरि बजारमा उतारेको छ । तर हाल यसको नाम भने यामाहा आर१५एस राखिएको छ । यसमा गरिएको सबैभन्दा ठूलो परिवर्तन युनिबडी सिट हो । अन्य धेरै फिचरहरुमा समानता छ ।

यामाहा मोटर इन्डियाका चेयरम्यान मोटोफुमी सिताराले कम्फर्टेबल पिलियन सिट चाहने राइडरहरु धेरै भएको अनुसन्धानले देखाएको र त्यसैका आधारमा यो मोटरसाइकलको डिजाइन गरिएको बताएका छन् ।

यामाहाले आर१५ रेन्जमा सस्तो मूल्यको मोटरसाइकल उपलब्ध गराउने चाहनाका साथ आर१५ भी४ उतारेको थियो । तर अब आर१५एस बजारमा उपलब्ध हुने र यसको मूल्य पनि भी४ को तुलनामा १३ हजार भारु सस्तो छ । यसको मूल्य १ लाख ५७ हजार ६ सय भारु तोकिएको छ ।

रोचक कुरा के छ भने आर१५एस भी४ भन्दा केही बढी पावरफुल छ । यसले १८.६ पीएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । भी४ ले चाहिं १८.४ पीएस पावर जेनेरेट गर्छ ।

रेसिङ ब्लु कलरमा मात्र उपलब्ध यो मोटरसाइकलमा ड्युअल च्यानल एबीएस, असिस्ट एन्ड स्लिपर क्लच, साइड स्ट्यान्ड इन्जिन कट–अफ, एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...

यामाहाले लन्च गर्यो डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन

यामाहाले लन्च गर्यो डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन

जापनिज टु ह्विलर निर्माता यामाहाले डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन...

यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक

यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं – यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...