२ लाख ५० हजार हाराहारीमै खरिद गर्न सकिने १५० सीसी क्षमताका ३ मोटरसाइकल

टु ह्विलर बजारमा सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो १५० सीसी । यो सेग्मेन्टमा प्राय सबैजसो ब्रान्डका मोटरसाइकलको कारोबार हुँदै आइरहको छ । यो सेग्मेन्टमा केही महंगा डर्ट र स्पोर्ट बाइक समेत उपलब्ध भएपनि यहाँ हामीले कम्युटर सेग्मेन्टको चर्चा गर्न खोजेका हौ ।

यो सेग्मेन्टमा यामाहा बाहेक अन्य कम्पनीले बिएस ६ मोडल ल्याएका छैनन् । यामाहाले ल्याएको बीएस६ एफजेड–एस एफआई मोडलको मूल्य ३ लाख ७९ हजार ९ सय र ३ लाख ८४ हजार ९ सय बाहेक प्राय सबैजसो मोडलको मूल्य ३ लाख भन्दा तल नै निर्धारण गरिएको छ । यो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने बजाज १५० र होन्डा सिबी युनिकर्नको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी अन्य केही मोडलको मूल्य २ लाख ५० हजार हाराहारी अर्थात सो भन्दा पनि कम पर्ने पाइएको छ । यो सेग्मेन्टमा सबैभन्दा सस्तो बाइक हो होन्डा एचिभर । एचिभरको मूल्य २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । एचिभर पछि अर्को सस्तो बाइकका रुपमा यामाहा एसजेड–आरआर देखिएको छ । यो बाइकको मूल्य २ लाख ५३ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी बेनेली टिएनटी १५ को २ लाख ५४ हजार ९ सय र हिरो एक्सिट्रम स्पोर्टसको २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मूल्य कम भए पनि यी बाइकको माग भने बजारमा खासै रहेको देखिदैन । पुरानै डिजाइनमा आधारित लुक्स, आधुनिक फिचर्सको कमी र पावर तथा पर्फमेन्सको मामलामा समेत कमजोर देखिएका कारण पनि यी बाइक खासै चर्चित हुन नसकेका हुन् ।

सम्बन्धित समाचारहरू

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम, तोकिएकै समयमा किस्ता तिर्दा ४ प्रतिशत ब्याज फिर्ता

हिरोले ल्यायो नयाँ फाइनान्स स्किम, तोकिएकै समयमा किस्ता तिर्दा ४ प्रतिशत ब्याज फिर्ता

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ...

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...

सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक

सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...