चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न, विभिन्न समस्या वारेमा छलफल
नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत...
अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी बढ्दै गएको छ । २ वर्षे कार्यकाल रहने नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २२ र २३ गते साधारणसभा हुँदैछ । यसपाली अध्यक्षमा हालको कार्यसमितका उपाध्यक्ष करण कुमार चौधरी र यसअघिका उपाध्यक्ष धुब्र थापा आकांक्षी देखिएका छन् । उनीहरु दुबै जनाले यसअघि नै अध्यक्षमा आफूहरुको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।
चौधरी सुजुकी गाडीको आधिकारिक बितरक सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् भने थापा फोर्स गाडीको आधिकारिक बितरक आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष हुन् । हाल उनीहरु दुबै जना आ–आफ्नो प्यानल तयार पार्न ब्यस्त देखिन्छन् । साथै आफ्नो पक्षमा व्यवसायीहरुको मत आकर्षित गर्न देश दौडाहामा समेत जाने तयारीमा छन् ।
यसैमाझ अध्यक्षका दाबेदार धुब्र थापाले आफूलाई विजयी गराउन व्यवसायीमाझ औपचारिक आह्वान गरेका छन् । थापाले आफू विजयी भएमा नाडामा आफूले खेल्ने भूमिका समेटी ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । नाडामा आफू २१ वर्ष देखि कार्यरत रहँदै आएको र २ पटक उपाध्यक्ष भैसकेका कारण यसपाली आफूले नेतृत्व पाउनुपर्ने उनले दाबी गरेका छन् ।
नेतृत्वमा आफू चयन भए नाडामा नीतिगत सुधार गर्ने उनीद्वारा जारी पहिलो प्रतिबद्धतामा भनिएको छ । जसअन्तर्गत व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, अटोलोनको सीमा बढाउन पहल गर्ने, सवारीसाधन निर्माण र एसेम्बलमा प्रस्ट खाका निर्माण गर्ने, सवारीसाधनलाई अत्यावश्यक साधनको सूचीमा राख्न पहल गर्ने र नीतिगत लबिङ गर्न छुट्टै समितिको स्थापना गर्ने लगायत छन् ।
प्रतिबद्धताको दोस्रो बुँदामा उनले नाडाको सचिवालय सुधार गर्ने बताएका छन् । यसअन्तर्गत नाडाको काम पारदर्शी बनाउन र हरेक सदस्यको गुनासो सुन्न सक्नेगरी सचिवालय सुधार गर्ने, हेल्प डेस्क सञ्चालन गर्ने, समितिहरुले गरेका निर्णयका बारेमा जानकारी दिन प्रविधिको प्रयोग गर्ने र नाडाको आफ्नै भवन निर्माण थाल्ने लगायत बुँदाहरु उल्लेख गरेका छन् ।
त्यसैगरी प्रतिबद्धताको तेस्रो बुँदामा उनले नाडा अटो शोलाई प्रदेश स्तरमा समेत अयोजना गर्ने र अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्न यसको प्याटेन्ट दर्ता समेत गर्ने उल्लेख गरेका छन् । साथै अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य र समन्वय गरेर बृहत अटो शो आयोजना गर्ने उल्लेख गरिएको छ ।
प्रतिबद्धताको चौथो बुँदामा उनले सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका तालिम, सेमिनार र गोष्ठीहरु प्रदेश स्तरमा अयोजना गर्ने उल्लेख गरेका छन् ।
हरेक प्रकारका सवारीसाधन, स्पेयर पार्ट्स, टायर लगायत कम्पोनेन्ट, राजस्व, रोजगारी र सडक पूर्वाधार लगायत विषयहरुको वास्तविक तथ्यांक उपलब्ध गराउन डाटा हब निर्माण गरिने प्रतिबद्धताको पाँचौ बुँदामा उल्लेख गरिएको छ ।
छैटौ बुँदामा उनले नाडालाई सामाजिक उत्तरदायित्वमा समेत सक्रिय पार्ने बताएका छन् ।
नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत...
काठमाण्डौं–नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...