पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट
सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...
दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले नयाँ ईभी९ कन्सेप्टको टिजर जारी गरेको छ । सो कार नोभेम्बर १७ मा लस एन्जलस अटो शोमा प्रदर्शन गरिने छ ।
कियाले सो कार बारेमा अन्य कुनै जानकारी खुलाएको छैन । हेर्दा यो मस्कुलर एसयूभी देखिन्छ । रिपोर्टका अनुसार ईभी९ हुन्डाई सेभेन कन्सेप्टको प्लेटफर्म ई–जीएमपी आर्किटेक्चरमा आधारित हुनेछ । सो प्लेटफर्ममा आधारित अन्य मोडेल जस्तै किया ईभी९ मा ठूलो लिथियम–आयोन ब्याट्री, सिंगल र डुअल मोटरको विकल्पसँग सुसज्जित हुने सम्भावना रहेको छ । जसको क्षमता लगभग १०० केडब्ल्युएच बराबरको हुनेछ । साथै रिपोर्टका अनुसार यो कारले एक पटक चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन सक्नेछ ।
यो भन्दा पहिले कियाले ईभी६ इलेक्ट्रिक कार बजारमा ल्याइसकेको छ । ईभी६ विश्वभर कियाको प्रमुख इलेक्ट्रिक कार हो । सो कार लन्च गरे पश्चात बजारमा निकै राम्रो प्रदर्शन गरेको थियो । अमेरिकामा ईभी६ को बुकिङ खुलेको केही घण्टाभित्रै पूर्ण रूपमा बिकेको थियो । यदि ईभी६ लाई फास्ट चार्जर मार्फत चार्ज गरियो भने ५ मिनेटमा ११२ किलोमिटरको दूरी र १८ मिनेटमा ३३० किलोमिटर भन्दा अधिक रेन्ज दिने दावी गरिएको छ ।
सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...