क्रसफायर ट्रयाकर २५० अब अपग्रेड मोडलमा उपलब्ध

काठमाडौं – केही समय पहिले नेपाली बजारमा भित्रिएको क्रसफायर ट्रयाकर २५० मोटरसाइकल अब अपडेट भर्सन सहित सार्वजनिक भएको छ । नेपालका लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले सोसल मिडिया प्लेटफर्मबाट हिजो सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

गत अगस्ट महिनामा यसको प्राइमेरी भर्सन नेपाली बजारमा लन्च भएकोमा राइडरहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीको भनाइ छ । ३ लाख ५० हजार भन्दा कम मूल्यमै २४८ सीसी इन्जिन, २० एचपी पावर, १८.५ एनएम टर्क, ३० किलोमिटर प्रतिलिटर माइलेज, ११५ किलोग्राम ड्राई वेट आदि फिचरयुक्त एक मात्र मोटरसाइकल बजारमा उपलब्ध भएकाले धेरै राइडरले रुचाएको बताइएको छ ।

अब केही फिचर अझै अपडेट भएर यो मोटरसाइकल भित्रिएको छ । अबको मोडलमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल छ, जसमा गियर पोजिसन इन्डिकेटर, टेकोमिटर र अन्य धेरै फिचर स्पष्टताका साथ हेर्न सकिन्छ । पहिलो ५–स्पिड गियरबक्स भएकोमा अब ६–स्पिड गियरबक्स उपलब्ध छ ।

नयाँ मोटरसाइकलको फ्रन्ट र रियर दुवैमा अपग्रेड गरिएको वेभ डिस्क ब्रेक छ । त्यसैगरी कन्भेनियन्ट यूएसबी चार्जर, अपग्रेडेड रबर फुट पेग्स, आल्मुनियम इन्जिन स्किड प्लेट आदि फिचर उपलब्ध छन् ।

यो मोटरसाइकल ब्ल्याक रेड र ब्ल्याक ग्रे गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार अबको केही दिनमै यो मोटरसाइकल टेस्ट राइड र डेलिभरीका लागि उपलब्ध हुनेछ । औपचारिक लन्चिङ पश्चात यसको मूल्य समेत सार्वजनिक गरिने छ ।

सम्बन्धित समाचारहरू

नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण

नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण

काठमाडौं–केटिएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा लन्च भएको छ ।...

केटीएम ड्युक इलेक्ट्रिकको प्रोटोटाइप सार्वजनिक

केटीएम ड्युक इलेक्ट्रिकको प्रोटोटाइप सार्वजनिक

केटीएमले ड्युकको इलेक्ट्रिक संस्करणमा काम गरिरहेको घोषणा गरेको तीन...

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले नयाँ एमवाई२०२२ ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइकको मूल्य ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...