बीएमडब्लूले ल्यायो इन्ट्री लेभलको नयाँ एड्भेन्चर मोटरसाइकल, मूल्य कति ?
बीएमडब्लू मोटोरार्ड इन्डियाले आफ्नो नयाँ इन्ट्री लेभल मोटरसाइकल...
विश्व प्रख्यात जर्मन ब्रान्ड बीएमडब्लु औपचारिक रुपमा नेपाल भित्रिएको १ बर्ष पुरा हुँदै छ । अटोमोबाइल व्यवसायमा स्थापित लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा सन् २०२० को डिसेम्बर महिनादेखि यसको औपचारिक बिक्री शुरुवात गरेको थियो । बीएमडब्लु ब्रान्डका हरेक सवारीसाधनलाई प्रिमियमको साथै लक्जरी ब्रान्डका रुपमा विश्वभर चिन्ने गरिन्छ ।
नेपाल भित्रिएको छोटो समयावधिमै यसले नेपाली कार पारखीको विश्वास जित्न सफल भएको छ । हालसम्म ३० भन्दा बढी गाडी बिक्री गरेबाट पनि यो ब्रान्डको लोकप्रियता पुष्टि हुन्छ । नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो एसयूभी बीएमडब्लु X1 को मूल्य २ करोड हाराहारीमा र सबैभन्दा महंगो सेडान कार सिरिज ५ को ५ करोड हाराहारी मूल्य निर्धारण गरिएको बिक्रेता कम्पनी लक्ष्मी प्रिमियम मोटर्सका सेल्स इन्चार्ज प्रबोध श्रेष्ठले बताए । उनका अनुसार एसयूभीमा X1, X2, X3 र X5 मोडल उपलब्ध रहे पनि सबैभन्दा बढी आकर्षण ३ करोड हाराहारी मूल्य निर्धारण गरिएको X3 मा रहँदै आएको छ । एउटा प्रिमियम प्लस लक्जरी कारमा हुनुपर्ने सबैजसो अत्याधुनिक र सुबिधासम्पन्न विशेषता उपलब्ध भएका कारण बीएमडब्लु ब्रान्डमा नेपाली ग्राहकको आशक्ति बढ्न थालेको श्रेष्ठले दाबी गरे ।

उनले भने, ‘एसियाली बजारमा निर्यात हुने कोटा अन्तर्गत नेपालको भूगोल सुहाउँदो गाडी अर्डर गरेर ल्याएका कारण यी गाडीले उत्कृष्ट पर्फमेन्स दिँदै आइरहेका छन् । आधिकारिक बिक्रेताका रुपमा लक्ष्मी प्रिमियम मोटर्सले एउटा लक्जरी ब्रान्डमा ग्राहकले खोज्ने सबै प्रकारको सेवा/सुबिधा उपलब्ध गराउन सफल भएका कारण नेपालमा बीएमडब्लुका ग्राहकमा छुट्टै प्रकारको आत्मविश्वास बढेको छ । जसले भोलिका दिनमा यो ब्रान्डलाई गति लिन थप सहज हुनेछ ।’

बीएमडब्लुले निर्धारण गरेको मापदण्ड अनुरुप नै नेपालमा समेत सेल्स, सर्भिस र स्पेयर पार्ट्सको अत्याधुनिक सेटअप निर्माण गरिएका कारण ग्राहकलाई सेवा लिन सहज अनुभव भएको श्रेष्ठले बताए । ‘बीएमडब्लुप्रति लगाव राख्ने ग्राहकले नेपालमै एउटा विश्वस्तरिय लक्जरी ब्रान्डको गाडीमा निर्धक्क भई सयर गर्न पाउनु आफैमा गर्व गर्न लायक विषय हो’ उनले थपे– ‘ग्राहक सेवामा समर्पित भएर काम गरिरहेका कारण ग्राहकले ढुक्क भई बीएमडब्लु गाडीलाई प्रयोग गर्न सक्नेछन् ।’
निकट भविष्यमै अर्को मोडल X4 लाई लन्च गर्ने तयारीमा रहेको लक्ष्मी प्रिमियमले अर्को वर्ष इलेक्ट्रिक कार समेत आयात गर्ने योजना बनाएको छ । बीएमडब्लुसँग हाल इलेक्ट्रिकमा IX3 र IX मोडल गरी २ वटा एसयूभी उपलब्ध रहँदै आएको छ । यी एसयूभीलाई सन् २०२२ भित्र नेपाल भित्र्याउने श्रेष्ठले बताए ।
बीएमडब्लू मोटोरार्ड इन्डियाले आफ्नो नयाँ इन्ट्री लेभल मोटरसाइकल...
काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो...
काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...