किया ईभी९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च, फुल चार्जमा ५४१ किमी रेन्ज दिने
किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...
कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च गरेको छ । यो नयाँ एमपिभीले यसअिघको ९ सिटर कार्निभललाई बिस्थापन गर्न कम्पनीले बताएको छ । नयाँ कार्निभलको तीनवटै रोमा क्याप्टेन चेयर दिइएको छ । जसले कार्निभललाई प्रिमियम र लक्जरियस एमपिभी बनाएको दाबी गरिएको छ । यसको मिड स्पेक प्रेस्टिज ट्रिमको मूल्य भारतीय बजारमा २८ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एमपिभीलाई किया मोटर्सले भारतीय बजारका लागि फ्ल्यागसिप मोडलका रुपमा बिकास गरेको हो ।
२.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको नयाँ कार्निभलले २०० पिएस पावर र ४४० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यसमा ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध गराइएको छ । यो एमपिभले प्रतिलिटर इन्धन खपतमा १३.९ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।
यसको टप ट्रिममा थ्री जोन क्लाइमेट कन्ट्रोल, पावर अपरेटेड रियर डोर, क्रुज कन्ट्रोल, किलेस इन्ट्रि एन्ड गो, कुल्ड ग्लोभ बक्स, भेन्टिलेटेड सिट, एप्पल कार प्ले र एन्ड्रोइड सिस्टम सपोर्ट गर्ने ८ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सेकेन्ड रोमा सवार प्यासेन्जरका लागी १०.१ इन्चको इन्टरटेन्मेन्ट स्क्रिन, यूभिओ कनेक्टेड टेक, ६ वटा एयर ब्याग र कर्नरिङ ब्रेक कन्ट्रोल लगायत अन्य थुप्रै आधुनिक फीचर्स उपलब्ध गराइएको छ ।
भारतीय बजारमा हाल उपलब्ध एमपिभीको तुलनमा एकदमै प्रिमियम र लक्जरियस बिशेषताका कारण यसको कुनै पनि प्रतिस्पिर्धी नदेखिएको कम्पनीले बताएको छ । यद्यपी यो एमपिभीले टोयोटा इनोभा क्राइस्टा, टोयोटा फर्चुनर, एमजी ग्लोस्टर र फक्सवागन टिग्वान अलस्पेससंग प्रतिस्पधाए गर्ने देखिएको छ ।
किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...
कियाले भारतिय बजारमा समेत लन्च गर्ने तयारी गरेको नयाँ एसयूभी साइरोस १७...
कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...