आउँदै छ यामाहाको नयाँ आर१५ भर्सन : आर१५एस

यामाहा मोटर इन्डियाले आर१५ को अर्को भर्सन लन्च गर्ने तयारी गरिरहेको छ । हालै लिक भएको एक टाइप एप्रुभल सर्टिफिकेट अनुसार नयाँ भर्सनमा ‘एस’ ट्याग हुनेछ र यो हाल उपलब्ध आर१५ भी३ को रिब्रान्डेड भर्सन हुनेछ र केही नयाँ कलर सहित आउने छ ।

डकुमेन्टमा उल्लेख गरिए अनुसार उक्त बाइकमा बीएस६ मापदण्डयुक्त १५५ सीसी इन्जिन हुनेछ, जसले १० हजार आरपीएममा १३.७ किलोवाट पावर आउटपुट दिनेछ । त्यसैगरी यसको बेस मोडल १९९० एमएम लामो, ७२५ एमएम फराकिलो र ११३५ एमएम अग्लो हुनेछ भने ह्विलबेस १३२५ एमएम हुनेछ ।

डकुमेन्ट अनुसार यसको पावर आउटपुट हाल उपलब्ध आर१५ भी३ जस्तै हुनेछ । यद्यपि यसको मूल्य भने हालको भी३ भन्दा केही सस्तो हुन्े अनुमान गरिएको छ । भारतमा केही दिन पहिले आर१५ भी४ समेत सार्वजनिक भइसकेको छ । नेपाली बजारमा केही दिन पहिले मात्र बीएस६ मोडलको आर१५ भी३ बिक्रीका लागि उपलब्ध भएको छ । यसको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

काठमाडौं – नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

प्रतिलिटर ७५.८९ किमी यामाहा रे जेडआर स्कुटर कुदाएर अधिकारी बने माइलेज च्यालेन्ज विजेता

प्रतिलिटर ७५.८९ किमी यामाहा रे जेडआर स्कुटर कुदाएर अधिकारी बने माइलेज च्यालेन्ज विजेता

काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...