यामाहाको नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक, १०८ किलोमिटर रेन्ज र १६ इन्चका ठूला टायर
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक गरेको छ। १६...
काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल एफजेड–एस भी३ एबीएस बीएस६ भोलि औपचारिक रुपमा सार्वजनिक लन्च गरिने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सोरुमहरुमा यो मोटरसाइकल पहिले नै उपलब्ध गराइसकेको छ ।
एक्सकनेक्ट फिचरसहित उपलब्ध यो मोटरसाइकलमार्फत अब विभिन्न फिचर प्रयोग गर्न सकिन्छ । यामाहा एक्सकनेक्ट एप प्रयोग गरी पार्किङ लोकेसन, राइडिङ हिस्ट्री आदि हेर्न सकिन्छ । यसमा थ्रीडी स्टिकर समेत रहेको छ ।
सुरक्षाको हिसाबले यो मोटरसाइकल निकै नै महत्वपूर्ण छ । यसमा भएको डिफल्ट कोडलाई अनलक गरेर मात्र मोटरसाइकल स्टार्ट गर्न सकिन्छ ।
विभिन्न ५ कलर अप्सन मध्ये अन्य कलरयुक्त मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय र डार्क नाइट कलरयुक्त मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार रुपैयाँ तोकिएको छ ।
यो मोटरसाइकलमा १४९ सीसीको एयरकुल्ड फोर स्ट्रोक, एसओएचसी इन्जिन जडान गरिएको छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । सिंगल च्यानल एबीएस रहेको यो मोटरसाइकलमा १३ लिटरको इन्धन ट्यांकी रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...