अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी
कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...
कार निर्माता कम्पनी कियाले अमेरिकी बजारको लागि न्यु जेनेरेसन २०२३ किया स्पोर्टेज एसयूभी सार्वजनिक गरेको छ । किया स्पोर्टेज कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कारहरू मध्ये एक हो । किया स्पोर्टेजको नयाँ मोडल ट्रेल–रेडी भर्सनको साथै पहिलाको भन्दा धेरै अफ–रोडर भएको छ ।
कम्पनीले सो कारमा बोल्ड डिजाइनको साथै साइज, फिचर र टेक्नोलोजी पनि बढाएको छ । कियाले २०२३ स्पोर्टेज दुई ट्रिममा उपलब्ध गराएको छ, जसमा एक्स लाइन र एक्स प्रो ट्रिम समावेश छ । यसको एक्स–प्रो ट्रिम एड्भेन्चरलाई ध्यानमा राखेर बनाइएको छ । सो ट्रिममा अन्य एलिमेन्टको साथै अल–टेरेन टायरहरू सहित अफ–रोड फिचरको प्रयोग गरिएको छ । कियाले चाँडै नै अल इलेक्ट्रिक स्पोर्टेज एसयूभी पनि प्रस्तुत गर्ने भएको छ । नयाँ कार पुरानो मोडलको तुलनामा १८ सेमी लामो र ह्वीलबेस ७ सेमी लामो रहेको छ ।
२०२३ किया स्पोर्टेजको इन्टेरियर पनि डुअल स्क्रिन ड्यासको साथ पूर्ण रूपमा रिडिजाइन गरिएको छ । फरक फरक फेन्डर प्याटर्न, क्रोम र हाई ग्लास ब्ल्याक ट्रिम तथा उठेको रुफ रेल्सले नयाँ स्पोर्टेजको लुकलाई अफ–रोड ओरिएन्टेड बनाएको छ । सो कारमा बुमेराङ आकारको एलईडी डेटाइम रनिङ लाइट, मस्कुलर आर्च, क्लियर शोल्डर लाइन र एलईडी टेललाइट पनि उपलब्ध रहेको छ । नयाँ स्पोर्टेजका सबै भेरिएन्टमा अल–ह्वील ड्राइभ स्ट्यान्डर्डको रुपमा समावेश गरिएको छ । जसले ग्राउन्ड क्लियरेन्सलाई लगभग एक इन्चले बढाउँछ ।
किया स्पोर्टेजको एक्स लाइन भेरिएन्टमा सामान्य टायरका साथ १९ इन्चको अलोय ह्वील जडान गरिएको छ । तर एक्स प्रो मोडलमा अफ–रोड टायरको साथमा १७ इन्चको टायर उपलब्ध रहेको छ । एक्स प्रो मोडलमा एलईडी फगलाइट, हिटेड विन्डस्क्रिन र भेरिएबल ड्राइभ मोडहरू पनि उपलब्ध रहेको छ ।
सो कारको पावर आउटपुटको बारेमा केही आधिकारिक जानकारी छैन । नयाँ किया स्पोर्टेजमा टर्बोचाज्र्डको स्थानमा २.५ लिटर, ४ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ । यो हालको स्पोर्टेज मोडलमा प्रयोग हुने २.४ लिटर इन्जिनभन्दा अलि ठूलो छ ।
यसको इन्जिनले अधिकतम १८७ बीएचपीको पावर जेनेरेट गर्छ । कियाले नयाँ स्पोर्टेजको हाइब्रिड भर्सन पनि पेश गर्ने भएको छ । कारलाई ६ स्पिड अटोमेटिक गियरबक्सलाई विस्थापित गरी नयाँ ४ स्पिड अटोमेटिक गियरबक्स समावेश गर्ने भएको छ ।
कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग...
कियाको लोकप्रिय सब–४ मिटर एसयूभी २०२४ सोनेट नयाँ अवतारमा लन्च गरिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...