चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

काठमाडौं – चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको यात्रा पुरा गरेका छन् । क्रसएक्स २५०आर र अप्रिलिया आरएक्स १२५ सवार महिला राइडरहरुले सो राइड पुरा गरेका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको महिला कमिसन र विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन नेपाल (विमा नेपाल) को संयुक्त आयोजनामा उनीहरु गत सोमबार पोखराबाट लोमान्थाङ प्रस्थान गरेका थिए । उनीहरुले हिजो सो यात्रा पुरा गरेका हुन् ।

राइडरहरु सुनिता देशार, दुर्गा गोडवा तामाङ, आशा भण्डारी र सविना घिसिङ सो राइड कार्यक्रममा सहभागी थिए । यात्राको नेतृत्व तथा मार्सलिङ विमा नेपालकी अध्यक्ष सुनिता देशारले गरेकी थिइन् । नेपालमा यस प्रकारको मोटरसाइकल यात्रा विभिन्न अवसरहरुमा भइरहने भए तापनि महिला राइडरको नेतृत्व र मार्सलिङमा यो पहिलो र लामो यात्रा हो ।

पोखराको अफरोड नेपालबाट शुरु भई मार्फा, जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, कोरोला बोर्डर सम्मको यात्रा रहेको थियो । विश्वको दुर्गम क्षेत्र मध्येको माथिल्लो मुस्ताङको यात्रा चुनौतीपूर्ण बाटोहरु पार गर्दै महिलाहरुले पनि गर्न सक्छन् भन्न सन्देश यात्राले दिनेछ र नेपालको पर्यटन प्रवद्र्धन समेत हुने विश्वास गरिएको छ । यात्राकै क्रममा राइडरहरुले जोमसोममा अवस्थित जनहित माविमा अध्ययनरत २२ जना छात्राहरुलाई शैक्षिक सामग्री र स्यानिटरी प्याडहरु निःशुल्क वितरण पनि गरेका थिए ।

सो -यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई काठमाडौ लिजेन्ड टिमले विदाई गरेको थियो ।

सम्बन्धित समाचारहरू

चितवनमा हुने अटो जिमखाना च्याम्पियनसिपमा २१ ड्राइभर सहभागी हुने निश्चित

चितवनमा हुने अटो जिमखाना च्याम्पियनसिपमा २१ ड्राइभर सहभागी हुने निश्चित

चितवन – नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा)...

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार...

सुरक्षित सडक र दिगो सडक यातायात वारेमा अन्तरक्रिया, यस्तो छ पाँच वक्ताको भनाइ

सुरक्षित सडक र दिगो सडक यातायात वारेमा अन्तरक्रिया, यस्तो छ पाँच वक्ताको भनाइ

सुरक्षित सडक र दिगो सडक यातायात वारेमा बुधबार एक छलफल कार्यक्रम सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...