प्रतिघन्टा १५ किमीको स्पिडमा चन्द्रमामा इलेक्ट्रिक बाइक गुडाइने, आयो कन्सेप्ट

जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको छ जसलाई अन्तरिक्ष यात्री चन्द्रमामा ड्राइभ गरिने छ । टर्डिग्रेड नामको सो बाइक १५ किलोमिटर प्रतिघन्टाको गतिमा यात्रा गर्न सक्छ । करिब ५० वर्ष पहिले चन्द्रमामा मानव पाइला राखेपछि यो अर्को माइलस्टोन साबित हुने विश्वास गरिएको छ ।

टर्डिग्रेडमा लेजर–कट आल्मुनियम फ्रेमको प्रयोग र ड्युपोन्टद्वारा प्रदान गरिएको केवलर कभर प्रयोग गरिएको छ । जसले ड्राइभट्रेनलाई पृथ्वीको वायुमण्डल बाहिरको विकिरणबाट जोगाउछ ।

ड्राइभट्रेन स्वीडिश इलेक्ट्रिक मोटरसाइकल निर्माता केकद्वारा प्रदान गरिएको थियो । कम्पनीले धेरैजसो इलेक्ट्रिक बाइकहरुमा १० केडब्ल्यु मोटरको उपयोग गर्छ । यो चन्द्र रोभरको चार १९० वाट क्षमताको मोटरको तुलनामा पावरमा ठूलो अपग्रेड हुनेछ । यसको कुल पावर ०.७६ केडब्ल्यु पावर रहेको छ ।

ड्राइभट्रेन यो भन्दा पनि सरल थियो । ठूलो एयरलेस बेलुन टायर डिजाइन गर्नका लागि धेरै क्रिएटिभिटीको आवश्यकता पर्छ । बाइकको रिम्समा सुरक्षित १२ पोलीयुरेथेन ट्रेड मोड्युलको प्रयोग गरिएको थ्रीडी प्रिन्टेड छ । चन्द्रमाको सतहमा मोड्युल बिग्रिएमा र प्रतिस्थापन आवश्यक परेमा एयरलेस टायरहरू सजिलै मर्मत गर्न सकिने गरी डिजाइन गरिएको छ । इलेक्ट्रिक मुन मोटरसाइकलमा नासाले सन् १९६० देखि निरन्तर काम गरिरहेको थियो ।

यद्यपि हुकीको यो इलेक्ट्रिक बाइक कन्सेप्ट मात्र हो अहिले । आगामी दिनमा नासालगायतका अन्तरिक्ष एजेन्सीसँग सहकार्यका लागि योजना बन्ने अनुमान भने लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको अटोमोबाइल बजारमा पछिल्लो समय उल्लेखनीय गिरावट देखिएको छ। सन् २०२६...

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...