नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

काठमाडौं – भारतमा केही दिन पहिले मात्र लन्च गरिएको टीभीएसको नयाँ मोटरसाइकल राइडर १२५ नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना डिलरहरुमा यो मोटरसाइकल पठाउन सुरु गरिसकेको छ । केही सोरुममा यो मोटरसाइकल देखिन पनि थालेको छ ।

यो मोटरसाइकलको मूल्य नेपाली बजारमा २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिने गरी सोरुमहरुले बुकिङ लिन थालेका छन् । यद्यपि जगदम्बा मोटर्सले आधिकारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन । सम्भवतः यही साता कम्पनीले औपचारिक रुपमा यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएको घोषणा गर्ने सम्भावना छ ।

यस्तो छ राइडर १२५

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दायाँ हाततिर उपलब्ध हुने स्विच गियरबाट यसलाई इको र पावर मोडमा चलाउन सकिन्छ । त्यसैगरी पिलियन सिटमुनी स्टोरेज स्पेस समेत रहेको छ ।

बाइकमा भएको फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर एक महत्वपूर्ण फिचर हो । यो सेगमेन्टको मोटरसाइकलमा हुनु पर्ने सबै आधारभूत फिचर यसमा छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

आईक्युब भन्दा सस्तो मोडल ल्याउँदै टीभीएस, यस वर्ष दुई नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने

आईक्युब भन्दा सस्तो मोडल ल्याउँदै टीभीएस, यस वर्ष दुई नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने

टीभीएस मोटर कम्पनी नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा रहेको छ ।...

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसले नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...