कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने

काठमाडौं – कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ ।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । २०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बागमती प्रदेशमा अब थप संख्यामा लाइसेन्सका लागि आवेदन दिन सकिने, समय पनि थप

बागमती प्रदेशमा अब थप संख्यामा लाइसेन्सका लागि आवेदन दिन सकिने, समय पनि थप

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप...

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

काठमाडौँ – चालक अनुमति पत्रको परीक्षाका लागि वर्षौँ कुरेर पनि...

ड्राइभिङ लाइसेन्सको फारम तत्काल नखुल्ने

ड्राइभिङ लाइसेन्सको फारम तत्काल नखुल्ने

काठमाडौं – यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...