भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने

फेस्टिभ सिजन सुरु भइसकेको छ । वर्षको अन्य दिनभन्दा यो सिजनमा अटोमोबाइल क्षेत्रमा चहलपहल बढी हुने गर्छ । यो समयमा कारको माग र बिक्री बढी हुन्छ । यही कारणले गर्दा यो सिजनमा कार खरिद गर्दा लामो समयसम्म प्रतीक्षा गर्नु पर्ने हुन्छ ।

भारतमा अन्य कारका साथै मिडसाइज एसयूभी सेगमेन्टका केही कारको लागि वषौं दिनसम्म पनि प्रतीक्षा गर्नु पर्ने हुन्छ । भारतीय उत्पादक कम्पनीका कार नेपालमा पनि रुचाइने भएकाले यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने गरेको छ । नेपालमा पनि यी कार किन्नेहरुले लामो समय प्रतीक्षा गर्नु पर्ने आवश्यकता छ ।

हुन्डाई क्रेटा
हुन्डाई क्रेटा आफ्नो सेगमेन्टमा सबैभन्दा लोकप्रिय कार हो । सो कारको केही भेरिएन्ट खरिद गर्दा ८ देखि १० महिनासम्मको लागि प्रतीक्षा गर्नुपर्छ । अर्थात हालको अवस्थामा कार बुकिङ गरेको ८ देखि १० महिना पछि मात्र डेलिभरी सुरु हुन्छ ।

महिन्द्रा एक्सयूभी७००
महिन्द्राले केही समय पहिला यो कार सार्वजनिक गरेको थियो । सो कार भारतीय ग्राहकले निकै मनपराएका थिए । हाल सो कार खरिद गर्दा १ वर्षको प्रतीक्षा गर्नुपर्ने छ ।

६ महिनासम्मको प्रतीक्षा
सानो एसयूभी स्पेसमा निसान म्याग्नाइट र किया सोनेट जस्ता कारको लागि ५ देखि ६ महिनाको प्रतीक्षा गर्नुपर्छ । दुबै कार भारतमा निकै चर्चित छन् । यी दुबै कार भारतमा राम्रो बिक्री हुन सफल भएको छ ।

प्रतीक्षा गर्नपर्नुको कारण
यी सबै कार निकै लोकप्रिय कार हुन् । जसले गर्दा यसको माग पनि बढ्नु स्वाभाविकै हो । यसको साथै सेमीकन्डक्टर चिपको ग्लोबल सप्लाई अभावको कारणले पनि डेलिभरीमा ढिलाई भएको हो । सो कारको लागि लामोसम्म प्रतीक्षा गर्नु पर्ने बाध्यता छ ।

नेपालमा प्रभाव
नेपालमा पनि धेरै कम्पनीका कार भनेकै समयमा उपलब्ध हुँदैनन् । फेस्टिभ सिजनको समयमा तत्कालै कार चाहनेहरुले अहिले नै यी कार प्राप्त गर्न सक्दैनन् । हुन्डाई क्रेटाका विभिन्न भेरिएन्टका साथै निसान म्याग्नाइट, किया सोनेट, सुजुकी ब्रेजा आदि कारको लागि लामो समय प्रतीक्षा गर्नु पर्ने अवस्था छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

यस्तो हुनेछ क्रेटा फेसलिफ्टको इन्टेरियर, जनवरी १६ मा लन्च हुने

हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई...

लोकेश वज्रचार्यले जिते ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा आई२० कार

लोकेश वज्रचार्यले जिते ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा आई२० कार

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

हुन्डाईले २०३० सम्ममा १८ भन्दा बढी हाइब्रिड मोडल ल्याउने

हुन्डाईले २०३० सम्ममा १८ भन्दा बढी हाइब्रिड मोडल ल्याउने

हुन्डाईले आगामी सन् २०३० सम्ममा १८ भन्दा बढी हाइब्रिड सवारी साधनहरू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...