नाडाद्वारा अटो सम्बन्धी स्थिर नीति र छुट्टै औद्योगिक क्षेत्र लगायतका विभिन्न माग उद्योगमन्त्री समक्ष प्रस्तुत
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
धनुषा – नाडाको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा शनिबार धनुषाको ढल्केबरमा सम्पन्न भएको छ ।
एसोसिएसनका अध्यक्ष तेजनारायण शाहको सभापतित्वमा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्य रहेको उनले बताए । ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने बताउँदै मुख्यमन्त्री राउतले आफूले प्रदेश २ भित्र लगानीमैत्री वातवरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए । यातायात क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नरहेको उनको भनाइ छ । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजस्व प्रदान गर्ने क्षेत्र रहेको बताउँदै अध्यक्ष दुलालले सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए । कोरोना महामारीबाट बच्न निजी सवारी साधनको प्रयोग र खरिद तथा बिक्री बढेसँगै यस क्षेत्रबाट राजस्वमा योगदान पनि बढेको दुलालको भनाइ छ ।
मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पछिल्लो यातायात क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए ।
प्रदेश २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण शाहले बताए । कार्यक्रमको सञ्चालन नाडाका सचिव अनुप बरालले गरेका थिए भने धन्यवाद मन्तव्य जानकी अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष केदार अग्रवालले राखेका थिए ।
कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष करण चौधरी, सुवास आचार्य, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया, कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठ, ध्रुवबहादुर थापा, प्रकाश कपुरी, मोहनबाबु खड्का, पंकज अग्रवाल, निलमणि पाठक, सुभासिस थपलिया लगायतको उपस्थिति थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...