नयाँ डीआरएल सहित अपडेट भएर आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएसले भारतीय बजारमा २०२२ अपाचे आरटीआर १६०आर ४भीे बाइक लन्च गरेको छ । अपाचे आरटीआर १६० ४भी मा टीभीएस स्मार्ट कनेक्ट, नयाँ एलईडी डे टाइम रनिङ लाइटको साथमा नयाँ हेडल्याम्प र फरक फरक राइडिङ मोड समावेश गरिएको छ ।

भेरिएन्ट र मूल्य
अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनको मूल्य १ लाख २१ हजार ३७२ भारु राखिएको छ । सो बाइक ड्रम ब्रेक, सिंगल डिस्क र रियर डिस्क ब्रेक भेरिएन्टमा उपलब्ध रहेको छ । बाइकको स्ट्यान्डर्ड भर्सनको मूल्य १ लाख १५ हजार २६५ देखि १ लाख २० हजार ५० भारुको बीच रहेको छ ।

अपाचे आरटीआर १६० ४भी ड्रम भेरिएन्टको मूल्य १ लाख १५ हजार २६५, सिंगल डिस्क भेरिएन्टको मूल्य १ लाख १७ हजार ३५० र रियर डिस्क भेरिएन्टको मूल्य १ लाख २० हजार ५० भारु रहेको छ ।

लुक र डिजाइन
अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनमा स्पोर्टी बडी डिकल्स र स्पेशल कलर थीम समावेश गरिएको छ । यसमा म्याट ब्ल्याक कलर थीमको साथमा रेड अलोय ह्वील रहेको छ । नयाँ सिट प्याटर्नको साथमा नयाँ हेडल्याम्प डिजाइन र एडजस्टेबल क्लच र ब्रेक लिभर पनि रहेको छ ।

फिचर र कलर
नयाँ तथा पुरानो अपाचे आरटीआर १६० ४भी स्पेशल एडिशनमा तीन राइडिङ मोड अर्बन, स्पोर्ट र रेनमा उपलब्ध रहेको छ । यसको साथै बाइकमा गियर शिफ्ट इन्डिकेटर र रेडियल रियर टायरमा उपलब्ध रहेको छ । २०२१ अपाचे आरटीआर १६० ४भीको टप इन्ड भेरिएन्टमा कस्मेटिक अपडेटको साथमा टीभीएस स्मार्ट कनेक्ट सुसज्जित रहेको छ । २०२२ अपाचे आरटीआर १६० ४भी तीन रङ रेसिङ रेड, मेटालिक ब्लू र नाइट ब्ल्याकमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

तीन वर्षमै ५० हजार टीभीएस एनटर्क स्कुटर नेपाली सडकमा, एक रेकर्ड कायम

तीन वर्षमै ५० हजार टीभीएस एनटर्क स्कुटर नेपाली सडकमा, एक रेकर्ड कायम

नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम...

टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

टीभीएस विक्रेता युनिराइड बन्यो स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...