सुजुकीका तीन मोडल भारत एनक्यापको क्र्यास टेष्टमा सहभागी हुने
मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो...
मारुती सुजुकीले आउँदो समयमा केही लोकप्रिय कारको नेक्स्ट जेनेरेशन मोडेल लन्च गर्ने भएको छ । कम्पनीको पोर्टफोलियोमा नयाँ मारुती सुजुकी भिटारा ब्रेजा पनि समावेश रहेको छ । जसलाई अर्को वर्षको सुरुवातमा लन्च गर्ने भएको छ ।
यसको लुक र फिचर हाल उपलब्ध मोडल भन्दा बिल्कुल फरक हुनेछ । मिडिया रिपोर्टका अनुसार सब–कम्प्याक्ट एसयूभी सेगमेन्टको नेक्स्ट जेनेरेसन मारुती सुजुकी भिटारा ब्रेजा फेब्रुअरी २०२२ मा लन्च गर्ने सम्भावना रहेको छ ।
नेक्स्ट जेनेरेसन मारुती सुजुकी भिटारा ब्रेजामा हाल उपलब्ध मारुती ब्रेजाका तुलनामा धेरै परिवर्तन देख्न सकिने छ । मिडिया रिपोर्टका अनुसार नयाँ भिटारा ब्रेजा ४८भी एसएचभीएस हाइब्रिड सिस्टमको साथमा उपलब्ध हुनेछ । सो इन्जिन हाल उपलब्ध भेरिएन्ट भन्दा अधिक शक्तिशाली र पावरफुल हुनेछ ।
नयाँ भिटारा ब्रेजामा १.५ लिटर नेचुरली एस्पिरेटेड ४ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिने छ । जसले १०४ बीएचपीको पावर जेनेरेट गर्छ । साथै सो एसयूभीमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।
नयाँ जेनेरेसन मारुती ब्रेजा हार्टटेक प्लेटफर्ममा विकसित गरिनेछ । साथै यसमा सेफ्टी फिचर र स्टेबिलिटीको साथमा पावरफुल बडी प्यानल जोडिएको छ । नयाँ भिटारा ब्रेजामा नयाँ डिजाइनको ग्रिल, हेडल्याम्प र डिआरएल जडान गरिएको छ । यसको पछाडि र अगाडि धेरै परिवर्तन देखिने छैन ।
अनुमानित रिपोर्ट अनुसार नयाँ ब्रेजामा कनेक्टेड कार टेक्नोलोजी र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि देख्न सकिनेछ । यी सबै सम्भावित फिचरको कारणले गर्दा नयाँ ब्रेजा पुराना मोडलको तुलनामा महँगो हुनेछ ।
मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो...
फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...
मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...