चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता पछि फेरि नयाँ कार सार्वजनिक गरेको छ । कम्पनीको मिनी इलेक्ट्रिक कार २०२० मा १ लाख १९ हजार २५५ युनिट बिक्री गरी ईभी कारमा सबैभन्दा बढी बिक्री हुने कार हुन सफल भएको थियो । कम्पनीले सस्तो नयाँ इलेक्ट्रिक कारको नाम नानो ईभी राख्ने निर्णय गरेको छ । वुलिङ नानो सबैभन्दा सानो इलेक्ट्रिक कार हुनुका साथै संसारको सबैभन्दा सस्तो इलेक्ट्रिक कार बन्ने सम्भावना रहेको छ ।
मारुती अल्टो भन्दा पनि सस्तो
मिडिया रिपोर्टका अनुसार वुलिङ नानो ईभी २० हजार युआनमा बिक्री गरिनेछ । सो कार मारुती अल्टो भन्दा पनि सस्तो हुनेछ । नानो ईभी चीनमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट इलेक्ट्रिक कार वुलिङ होङगुआङ मिनी ईभी भन्दा सस्तो हुनेछ ।
टाटा नानो भन्दा सानो
वुलिङ होङगुआङले २०२१ तियानजिन इन्टरनेसनल अटो शोमा नयाँ इलेक्ट्रिक कार नानो ईभी प्रदर्शन गरेको थियो । सो मोडल बाओजुन ई२०० को वैकल्पिक भर्सन जस्तै देखिन्छ । शहरी उपयोगको लागि डिजाइन गरिएको नानो ईभीमा दुई सिट मात्र उपलब्ध रहेको छ ।
कारको टर्निङ रेडियस चार मिटर भन्दा कम छ । आकारको हिसाबले यसको लम्बाई २४९७ एमएम, चौडाई १५२६ एमएम र उचाई १६१६ एमएम रहेको छ । यसको आकार टाटा नानो भन्दा सानो हुनेछ । टाटा नानोको लम्बाई ३ मिटर भन्दा धेरै छ । यसमा १६०० एमएमको ह्वीलबेस समावेश गरेको छ ।
मोटर ब्याट्री र रेन्ज
नानो ईभी ३३ पीएस इलेक्ट्रिक मोटरले सुसज्जित रहेको छ र यसले ८५ एनएम भन्दा बढी टर्क जेनेरेट गर्छ । सो कारको टप स्पिड १०० किलोमिटर प्रति घन्टा रहेको छ । नानो ईभीको सिटको तल आईपी६७ द्वारा प्रमाणित लिथियम आयोन ब्याट्री हुनेछ, जसको क्षमता २८ केडब्ल्युएच हुनेछ ।
यसको ब्याट्री फूल चार्जमा ३०५ किमीको दूरी तय गर्ने क्षमताको रहेको छ । वुलिङका अनुसार २२० भोल्टको घरेलु सकेट प्रयोग गरी ब्याट्री चार्ज गर्न १३.५ घण्टा समय लाग्छ । यसमा ६.६ केडब्ल्यु एसी चार्जर विकल्पको रुपमा रहेको छ, र यसको माध्यमबाट चार्ज गर्दा ४.५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
सेफ्टी फिचर
नानो ईभी कारमा ईबीडी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, आइसोफिक्स चाइल्ड सिट माउन्टको साथमा एबीएस ब्रेकको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सिस्टम जस्तो सेफ्टी फिचर समावेश रहेको छ । सो कारमा लो–स्पिड प्याडल यात्री वार्निङ सिस्टम पनि रहेको छ । नानो ईभीमा रिभर्सिङ क्यामेरा, टायर प्रेशर मनिटरिङ सिस्टम, एयर कन्डिशनिङ, किलेस इन्ट्री सिस्टम, टेलिमेटिक्स सिस्टम, एलईडी हेडलाइट र ७ इन्चको डिजिटल स्क्रिन जस्ता फिचर रहेको छ ।
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
इटालियन अटो निर्माता फियाटले अर्को बर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने...
काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...