स्कर्पियो र वोलेरो पनि इलेक्ट्रिक भर्सनमा आउने
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्राले आफ्नो हालसम्मकै प्रिमियम र महंगो एसयुभी एक्सयुभी ७०० को मूल्य आज सार्बजनिक गरेको छ । उसले एमएक्स र एएक्स सिरिजमा कुल २० वटा भेरियन्टको मूल्य सार्बजनिक गरेको हो । जसमध्ये एमएक्स सिरिजमा पेट्रोल र डिजेल गरी २ वटा भेरियन्ट उपलब्ध हुने भएको छ । यी दुबै गाडी ५ सिटर म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध हुनेछ । जसको मूल्य भारतीय बजारमा ११ लाख ९९ हजार र १२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । जुन नेपाल आइपुग्दा ६० लाख हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।
त्यसैगरी एएक्स सिरिज अन्तर्गत एएक्स३, एएक्स५ र एएक्स७ सहित ३ ट्रिममा कुल १४ भेरियन्टको मूल्य सार्बजनिक गरिएको छ । महिन्न्द्राले यो सिरिजमा भने ५ र ७ सिटरको अप्सन दिएको छ भने सबै भेरियन्ट डिजेल र पेट्रोल इन्जिनसहित म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध हुनेछ । जसमध्ये ५ सिटरको मूल्य पेट्रोलमा १३ लाख ९९ हजारदेखी १६ लाख ५९ हजार र डिजेलमा १४ लाख ५९ हजारदेखी १७ लाख १९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
अर्को ७ सिटर अन्तर्गत पेट्रोलको १५ लाख ५९ हजारदेखी २० लाख ९९ हजार रुपैयाँसम्म र डिजेलको १५ लाख १९ हजारदेखी २१ लख ५९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । ७ सिटर पेट्रोल इन्जिनको बेस भेरियन्ट एएक्स३ एमटीको भने मूल्य खुलाइएको छैन ।
एक्सयुभी७०० को सबैभन्दा महंगो भेरियन्ट भने एएक्स ७ अटोमेटिक हो । यो लक्जरी प्याक अप्सनमा समेत उपलब्ध हुनेछ । जसको मूल्य पेट्रोलको २० लाख ९९ हजार र डिजेलको २१ लख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो गाडी नेपाल आउँदा यसमो मूल्य १ करोडमाथी पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
कम्पनीले महिन्द्रा एक्सयूभी७०० मा अटो बुस्टर हेडल्याम्प, सेगमेन्टको सबैभन्दा ठूलो प्यानोरमिक सनरूफ, स्मार्ट ह्यान्डल र व्यक्तिगत सुरक्षा सतर्कता रहेको छ । तीन पंक्ति एसयूभी मर्सिडिज बेन्जबाट प्रेरित डुअल स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट, लामो दुरीको लागि हेडल्याम्प बिम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभ मोड, वायरलेस कनेक्टिभिटी, एडीएएसका साथै अन्य फिचर पनि समावेश गरिएको छ ।
सो एसयूभीमा आकर्षक ग्रिल, नयाँ एलईडी डीआरएलको साथमा नयाँ डिजाइनको सी आकारको हेडल्याम्प, स्मार्ट ह्यान्डल र एलईडी टेलल्याम्प समावेश गरिएको छ । ५ सिटर सेग्मेन्टमा यसले हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशांक र फक्सवागनको टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ भने ७ सिटरमा हुन्डाई अल्काजार र टाटा सफारीसंग प्रतिस्पर्धा गर्नेछ ।
महिन्द्रा एक्सयूभी७०० मा पेट्रोल र डिजेल इन्जिनको विकल्प रहेको छ । एक्सयूभी७०० पेट्रोल भेरिएन्टमा नयाँ २.० लिटर एम स्टालियन टर्बोचार्ज्ड मोटर समावेश गरिएको छ, जसले २०० बीएचपी पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ । सो एसयूभीको डिजेल भेरिएन्टमा २.२ एल एमहर्क युनिट रहेको छ, जसले १८५ बीएचपी पावर र ४५० एनएमसम्म टर्क जेनेरेट गर्छ ।
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने...
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...