एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ ।

बुधवार सम्पन्न भर्चुअल माध्यम जुममार्फत भएको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद सदस्य (राखेप)का सदस्य तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालका पूर्व महासचिव गोविन्द भट्टराई कोषाध्यक्षमा निर्वाचित भएका छन् । भट्टराई नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत हुन ।

त्यसै गरी भियतनामको ग्रेग क्राफ्ट अध्यक्षमा तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन्स, अटोमोबाइल्स् एसोसिएसन अफ सिँगापुर तथा इकितान मोटर इन्डोनेशिया विजयी भएको नासा नेपालले जनाएको छ । सम्पन्न निर्वाचनमा सचिवमा अष्ट्रेलियन अटोमोबाइल एसोसिएसन निर्वाचित भएको छ ।

संसारकै ठूलो मोटरिष्टहरुको संस्था एफ.आई.ए.को मोबिलिटि र स्पोर्टस गरी दुई क्षेत्र रहेका छन् भने रिजन–२ मा न्यूजिल्याण्ड देखि मध्य एसिया सम्मका २५ राष्ट्रिय संघहरु आवद्घ छन् । एफएआईको विधान अनुसार एउटा देशमा स्पोर्टस र अटोमोबाइल मोविलिटि एण्ड टुरिजम गरी दुई वा दुईभन्दा धेरै सदस्य संघ बन्न सक्नेछन् भने नेपालमा नासा नेपाल दुवै क्षेत्रको सदस्य संघ हो । नासा नेपालको तर्फबाट सो निर्वाचनमा सहभागी भएका पूर्व महासचिव भट्टराईले सो समितिमा प्रतिनिधित्व गर्नेछन् ।

निर्वाचनमा विजयी भए संगै एक दशक अघि शुरु भएको नेपाली संगठनको अन्तर्राष्ट्रिय यात्रा महादेशिय नेतृत्व तहमा पुगेको छ ।

सम्बन्धित समाचारहरू

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of...

अटोमोबाइल क्षेत्रमा क्रियाशील मेघराज पौडेल एमालेको खेलकुद विभाग सचिवमा मनोनित

अटोमोबाइल क्षेत्रमा क्रियाशील मेघराज पौडेल एमालेको खेलकुद विभाग सचिवमा मनोनित

काठमाडौं – एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...