चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन पोलो र भेन्टो गाडी किन्दा बम्पर पुरस्कारको रुपमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल पर्ने अफर ल्याएको छ । यी दुई गाडी किन्दा अन्त्यमा बम्पर पुरस्कारको रुपमा सो मोटरसाइकल प्राप्त गर्न सकिने छ । यसको मूल्य

त्यसैगरी दोस्रो पुरस्कारको रुपमा सुजुकी बर्गम्यान स्ट्रिट स्कुटर र तेस्रो पुरस्कारको रुपमा सामसुङ ग्यालेक्सी जेडफ्लिप ३ स्मार्टफोन पाउन सकिने छ ।

पूजा इन्टरनेसनलले ‘दसैं तिहार फोक्सफेस्ट सरप्राइज’ ट्यागलाइन सहित सो अफर सार्वजनिक गरेको हो । यसरी गाडी किन्दा आकर्षक नगद छुट प्राप्त हुनेछ । पुराना कुनै पनि ब्रान्डका गाडीसँग नयाँ गाडी साट्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस समेत प्राप्त हुनेछ भने सहज फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ ।

त्यसैगरी निःशुल्क एसेसरिज, आर्थिक वर्षको सडक कर निःशुल्क र चार वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । त्यसैगरी २ वर्ष अनलिमिटेड किलोमिटर वारेन्टी उपलब्ध हुनेछ ।

नेपाली बजारमा फक्सवागन पोलोको मूल्य ३० लाख ९० हजार देखि ४७ लाख ४० हजार सम्म र भेन्टोको मूल्य ३९ लाख ४० हजार देखि ५१ लाख ९५ हजार रुपैयाँ सम्म छ । यी दुवै टीएसआई इन्जिनयुक्त लोकप्रिय गाडी हुन् ।

सम्बन्धित समाचारहरू

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ–उनलाई...

फक्सवागनले भोली टिग्वान फेसलिफ्ट लन्च गर्ने, थप पावरफुल र फिचर्स लोडेड हुने

फक्सवागनले भोली टिग्वान फेसलिफ्ट लन्च गर्ने, थप पावरफुल र फिचर्स लोडेड हुने

जर्मन अटोमेकर फक्सवागनले भोली भारतीय बजारमा २०२२ टिग्वान फेसलिफ्ट लन्च...

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...