टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल राइडर १२५ दसैं सम्म नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार नेपाली ग्राहकलाई दसैं भित्रै यो मोटरसाइकल उपलब्ध गराउने तयारीका साथ कार्य भइरहेको छ ।

टीभीएसको यो नयाँ मोटरसाइकल धेरैले रुचाउने अनुमान गरिएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा नयाँ बाइकका साथ प्रवेश गरेको छ ।

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

दायाँ हाततिर उपलब्ध हुने स्विच गियरबाट यसलाई इको र पावर मोडमा चलाउन सकिन्छ । त्यसैगरी पिलियन सिटमुनी स्टोरेज स्पेस समेत रहेको छ ।

भारतमा यो मोटरसाइकलको मूल्य ७७ हजार ५ सय भारु राखिएको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा...

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...

एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्र,४० जना राइडरकाे सहभागिता

एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्र,४० जना राइडरकाे सहभागिता

काठमाडौँ – जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...