अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...
इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर आयात हुने क्रम भने रोकिएको छैन । अहिले बजारमा झन्डै डेढ दर्जन हाराहारी ब्रान्डका इलेक्ट्रिक स्कुटरको कारोबार भैरहेको छ । यी मध्ये केही ब्रान्डले भने राम्र्रै चर्चा बटुल्न सफल भएका छन् ।
यस्ता स्कुटरमा प्योर ईभी, नियू, याडिया, ओकिनावा, सुपरसोको, टेलजी र लेभ्निङ लगायत ब्रान्ड बढी चर्चित मानिन्छन् । यी स्कुटर गुणस्तर, माइलेज र फिचर्सका कारण चर्चित बनेका हुन् ।
इलेक्ट्रिक स्कुटरको कुरा गर्दा यस्ता स्कुटरको मूल्य र माइलेज बढी प्राथमिकतामा पर्ने गरेका छन् । यसमा पनि माइलेज सर्बाधिक चासोको बिषय बन्ने गरेको छ । यसै सन्दर्भमा हामीले माथि उल्लेख गरिएका ब्रान्डको स्कुटरलाई एकपटक फुल चार्ज गर्दा प्राप्त हुने माइलेज अर्थात रेन्जका विषयमा जानकारी दिने प्रयास गरेका छौ ।
नेपाली बजारमा सर्बाधिक लोकप्रिय मानिएको इलेक्ट्रिक स्कुटर नियूको ४ वटा मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये एनक्युआई मोडलले ५० देखि ८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसकै अर्को मोडल एनक्युआई जीटीले ९० देखि ११०, एमक्युआई प्लसले ५५ देखि ८५ र गोभाले ६४ देखि ७४ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ५५ हजारदेखि ४ लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।
नियूपछिको अर्को लोकप्रिय ब्रान्ड प्योरी ईभीको २ वटा मोडल उपलब्ध छ । जसमध्ये इप्लुटो ७जीले ११६ र इन्ट्रान्स निओले ९० देखि १२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ४९ हजार र २ लाख २९ हजार रुपैयाँ पर्छ ।
अर्को प्रिमियम ब्रान्ड याडियाको ३ वटा मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये सि१एस र जी५ ले ८० किलोमिटर र एस–लाइकले ६० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ३० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।
भारतीय ब्रान्ड ओकिनावाले ५ वटा मोडलका यस्ता स्कुटर कारोबार गर्दै आइरहेको छ । जसमध्ये आई–प्रेज प्लसले १३९, प्रेज प्रोले ८८, रिज प्ल्सले ८४, आर३० र लाइटले ६० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यी स्कुटरको मूल्य १ लाख ७० हजारदेखि ३ लाख ४० हजार रुपैयाँसम्म पर्छ ।
सबैभन्दा बढी रेन्ज भित्र्यएको टेलजीसँग अहिले ७ वटा मोडलका यस्ता स्कुटर उपलब्ध रहँदै आएको छ । जसमध्ये एलएस०१ ले ६० देखि ८०, एलएक्स०१, एलएक्स०२, एलएक्स०३, एलएक्स०४, एलएक्स०५ र एलएक्स०६ ले ७५ देखि १५० किलोमिटरसम्म र अर्को मोडल एलएक्स०८ ले ८० देखि १२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ९ हजारदेखि ४ लाख २९ हजार रुपैयाँसम्म पर्छ ।
त्यसैगरी टेलीजीका दुई स्कुटर लायन र टाइगरले क्रमश ९० र ९५ किलोमिटर रेन्ज दिन्छ भने अर्को प्रिमियम ब्रान्ड सुपरसोकोका सिपिएक्स र सियूएक्सले क्रमशः १ सय र ८५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी दुई ब्रान्डमध्ये टेलजीको मूल्य १ लाख ८५ हजार र १ लाख ९५ हजार पर्छ भने अर्को सुपरसोकोको २ लाख ३९ हजार देखि ५ लाख ८९ हजार रुपैयाँसम्म पर्छ ।
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...
सामान्यतया ह्वाइट हाउसको साउथ लनमा जिप -याङगलर कुदेको दृश्य देखिँदैन । अझ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...