प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।
प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...
अमेरिकाको उत्तर–पूर्व । न्यु ह्याम्सर राज्य । म काममा निस्कने बेला एकनासको छैन । कार्यालय समय सामान्यतः बिहान ८ देखि साँझ ५ को हुन्छ, यहाँ ।
कहिलेकाही मात्र म यो समयमा सडकमा हुनसक्छु । धेरैपटक हुन्न । बिहान ८ बजेको समयमा देख्ने सडकको हतारो साँझ ५ बजे हुन्न । बिहान समयमै कार्यालयमा पस्नुपर्ने नियमले होला, मानिसहरु कारमै कफि खाइरहेका हुन्छन् । रातो बत्तीमा कपाल कोर्दै, लिपस्टिक लगाउँदै, टाई बाँध्दै हुन्छन् । मैले पनि काममा पुग्न ढिलो हुने लक्षण पाए, होल्डरमा राखेको फोनबाट ह्यान्ड्सफ्रि गरेर फोन गर्ने गरेको छु । हातमा फोन लिएर फोन गर्न भने यो राज्यमा पाइँदैल । यो नियम अमेरिकाका धेरै राज्यमा छ । पाइँदैन भनेपछि पाइँदैन ।
समाचारहरु पढ्दा गाडी चलाउँदा ध्यान अन्त गएर दुर्घटना भएको । हातमा फोन लिएर फोन गर्न नपाइने नयाँ नियम आएको आदि भने पढ्न पाइन्छ नै । यसरी कफि खाइरहेको, कपाल कोरिरहेको, लिपस्टिक लगाउँदै गरेको, टाई बाँध्दै गरेको देखेपछि मलाई यस विषयमा जान्न मनलाग्यो, र मैले केही खोज्ने विचार गरें ।
आखिर के गर्छन् त मान्छे, कारभित्र ?
यस यस विषयमा लेखिएका धेरै स्तम्भहरु फेला परे । कारलाई क्रुजमा राखेर कुदाउने कसैले गोडा झ्यालबाहिर निकाले, कसैले ड्यासबोर्डमा गोडा राखे । यसो गर्दा दुर्घटना पनि भएका छन् । कारलाई क्रुजमा राखेर कुदाउन हुन्छ, तर सँगै सतर्क हुन पनि जरुरी छ ।
गाडी काममा जान–आउन मात्र होइन । यात्रामा निस्कनेले रात यसैभित्र बिताउने गरेको त पाइएको छ । कयौं मानिस गाडीमै बस्छन् । यसको प्रयोग मानिस भण्डार गर्न पनि प्रयोग गरिरहेका छन् । सामान यति धेरै हुन्छ, छेउ र बीचको ऐनाबाट पछाडी देखिदैन । अनुमानका भरमा गाडी कुदायो । दुर्घटना निम्त्यायो । फोन गर्ने, फोन चलाउने कारणले धेरै दुर्घटना हुने गरेकाले यसमा प्रतिबन्ध लगाउँदै आएका छन्, धेरै राज्यले ।
कार कुदाउँदै, मौका पर्दा खाँदै वा पिउँदै गर्ने देख्नु सामान्य हो । मद्यपान पिउन पाइँदैन । कफी, चिसो पेय, पानी आदि पिउनु हुन्छन् । कामको व्यस्तता र यात्रा पूरा गर्नुपर्ने दबाबका कारण खाना खानु स्वभाविक हो । आँखा केही सेकेन्डका लागि पनि अन्यत्र जाँदा फेरि दुर्घटना हुने डर उत्तिकै हुन्छ नै ।
गाडी कुदाउन गीत–संगीत सुन्न हेडफोन लगाउने अर्काथरी देखिन्छन् । गीत–संगीतको कुरा गर्दा अर्का एकथरी मानिस ठूलो आवाजमा गीत–संगीत बजाएर गाडी हाँकीरहेका भेटिन्छन् । यहाँ यसमा त्यत्रो रोकटोक हुने कुनै कारण भएन । सतर्कता त घटाउँछ नै यसले । बाहिरकै आवाजमा ध्यान दिनुपर्नेमा गीत–संगीतले हामीलाई अर्को संसारमा पु¥याएको हुन्छ ।
गाडीमा जोडाजोडी अनेकन क्रियाकलापमा भेटिन्छन् । सार्वजनिक स्थलमा गर्न नहुने क्रियाकलापमा संलग्न हुनु अपराध हो नै । यस्ता क्रियाकलापमा लागे राज्यपिच्छे फरक सजायको भागिदार हुनुपर्ने त हुन्छ, जस्तोः कारागारको बास, सामुदायिक सेवा, निगरानीमा बस्ने आदि । एक्सिडेन्ट एनालाइसिस एन्ड प्रिभेन्सन जर्नलका अनुसार ३३ प्रतिशत पुरुष र ९ प्रतिशत महिलाले गाडी चलाउँदा कुनै न कुनै प्रकारको मैथुनिक क्रिया गरेको स्वीकारेका छन् ।
धुमपानको बानी संसारभर छ । फरक होला, तर छ । कारमा आधा मात्र चुरोट सकिँदा भित्रको हावाको स्तर दश गुणा दुषित हुनपुग्छ । चुरोट त प्रभावित भयो नै यात्रु पनि हुन्छ । चुरोट धुँवा कारभित्र कही न कही अल्झेर रहन्छ, जसको असर पछिसम्म हुन्छ ।
व्यस्त मानिसहरु कारमा कोट झुण्ड्याउँछन्, यसलाई सामान्य मानिन्छ । तर यहाँको हप्तामा पाँच दिन काम गर्ने रुटिन भएका मानिस ५ नै दिनका लुगा गाडीमा झुण्ड्याएर हिँडेका भेटिन्छन् । बिहान लगाएर हिँडेको लुगा अनौपचारिक काममा निस्कँदा फेर्ने, अनि कसरत गर्न जिम पस्दा अर्को लगायो । एकैदिनमा पटकपटक लुगा फेर्नेले कारमा कति कपडा राख्दा हुन् ?
मान्छे नाक कोट्याउँछन् । टाउको कन्याउँछन् । एउटा हातले मात्र स्टेरिङ्ग समाउँछन् । सिटमा यसो थोरै सर्छन् । कपाल मिलाउँछन् ।
श्रृंगार गर्नु सामान्य हो । ऐना हेर्ने र श्रृंगार गर्ने दुर्घटना पर्छन भन्ने तथ्याङ्कलाई बारम्बार प्रकाश ल्याउने गरेको पाइन्छ । कोही खालि खुट्टा कार चलाइरहेका हुन्छन्, जसलाई सामान्य मानिदैन । नाङ्गा खुट्टाले आवश्यकता परेका बेला ब्रेकमा पुग्दो दबाब दिन नसक्ला । दाह्री काट्छन् । चश्मा मिलाइरहन्छन् ।
श्रीमान–श्रीमतिको तर्कातर्की अर्को गरिरहेको र गर्नु नहुने काम कार चलाउँदा भइरहेको छ । हार्भर्ड स्कूल अफ पब्लिक हेल्थले सन् २०१४ को अनुसन्धान विश्लेषण गरेर भनेको छ, बाटोमा रिस उठ्ने कामले हृदयाघात वा घात आदि हुनसक्छ ।
कोही स्टेरिङबाट निकै पर बसेर गाडी चलाउँछन् त कोही निकै नजिकै । नजिक भए, टाढा पार्न र टाढा भए, नजिक पार्न कोही सिट मिलाउँछन् । यो झन गर्नु नहुने काम हो । सिटबेल्टले कसैलाई बिझाउँछ । यसलाई मिलाउँछन् ।
पछाडि सिटमा बसेका यात्रुसँग गफ गर्नु त स्वभाविक हो । तर नानीहरु राखेर गाडी हाँकीरहेका छन् भने उनीहरुलाई सम्झाइरहेका वा अनि रिस प्रकट गरिरहेका हुन्छन् ।
हुने–नहुने सबैथोक गर्छन्, मानिस, कारभित्र ।
राजेश कोइराला
(कोइराला, अमेरिकामा ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरको सम्पादन गर्छन् ।)
प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...
काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...
काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...