अटो शोको झल्को दिने टीभीएस ग्रान्ड दशैं एक्सचेन्ज मेला : भरिभराउ मेलास्थल (फोटो फिचर)

अवस्था सामान्य हुँदो हो त अहिले भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नाडा अटो शो आयोजना भैरहेको हुनेथियो । उक्त शोमा विभिन्न ब्रान्डका सवारीसाधनलाई प्रदर्शनीमा राखेर दर्शक आकर्षित गर्न अटोमोबाइल कम्पनीका प्रतिनिधिहरु तल्लीन रहन्थे । मेला स्थलबाटै बुकिङ लिएर गाडी तथा मोटरसाइकल डेलिभरी गर्न भ्याइनभ्याई हुने विगतको दृश्य नदेखिएको २ वर्ष भयो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष अयोजना गर्दै अइरहेको अटो शो कोरोना महामारीका कारण अघिल्लो वर्र्षदेखि आयोजना हुन सकिरहेको छैन । कोरोना शुरु भएपछि यो स्थलमा खासै ठूला प्रदर्शनीहरु समेत आयोजना हुन सकिरहेका थिएनन् । तर दोस्रो चरणको लकडाउन खुल्ला गरिएलगत्तै देशकै चर्चित यो प्रदर्शनी स्थलमा मेलाहरुको आयोजना हुन थालेको छ ।

हाल टीभीएसले आयोजना गरिरहेको १ हप्ता लामो टीभीएस ग्रान्ड दशैं एक्सचेन्ज मेलाले भृकुटीमण्डपमा चहलपहलमात्र बढाएको छैन, यो स्थालमा थप रौनक समेत ल्याएको छ । मेलास्थलमा भेटिने अधिकांश व्यक्तिहरु विगतको नाडा अटो शोलाई सम्झदै गन्गुनाइरहेका भेटिन्छन् । त्यसैगरी पुरानो बाइकसँग नयाँ एक्सचेन्ज गर्न आउनेहरु कम्पनीले व्यवस्था गरेको स्टलमा आफ्नो मोटरसाइकलको भ्यालुएसन गराउन तल्लीन देखिन्छन् भने कम्पनीका प्रतिनिधिहरुलाई ग्राहकको जिज्ञासा मेटाउन भ्याइ नभ्याइको अवस्था छ ।

मेला स्थलको पछाडि भागमा मिलाएर राखिएका नयाँ मोटरसाइकल र स्कुटरको लस्करले कतै यो स्थल कुनै कम्पनीको गोदम त हैन भन्ने भान समेत पर्छ । अटो शोमा जस्तै निश्चित स्थानबाट प्रवेश गर्न मिल्ने र निक्लने व्यवस्थाले भित्र खासै भिडभांड नदेखिएपनि यो मेलाले विगतका नाडा अटो शोको झल्को प्रस्तुत गरिरहेको आभास मिल्छ ।

दशैंको छेको पारेर टीभीएस मोटरसाइकल आयात गर्ने कम्पनी जगदम्बा मोटर्सले असोज १ गतेदेखि अयोजना गर्दै आइरहेको एक्सचेन्ज मेलामा ग्राहकलाई आकर्षित गर्न विभिन्न स्किम र छुटको व्यवस्था मिलाइएको छ । पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ उपलब्ध हुने र आफूलाई मन पर्ने मोडल खरिद गर्दा कम्पनीले फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरको भ्यालुएसन गरिने र त्यसैलाई डाउन पेमेन्ट रकम मानिने हुनाले थप रकम डाउन पेमेन्टको रुपमा तिर्नु पर्दैन । साथै यसअघि सार्बजनिक गरिएको फेस्टिभल अफर अन्तर्गत ग्राहकले टीभीएसको नयाँ स्किम ‘६ प्राइजको सरप्राइज’ समेत पाउने छन् । यस अन्तर्गत ६ पटक सम्म विभिन्न अफर जित्ने मौका प्राप्त हुनेछ ।

सम्बन्धित समाचारहरू

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

टीभीएसले यही साता ल्याउने भयो १२५ सीसीमा जुपिटर स्कुटर, थपिदै अर्को प्रतिस्पर्धि

टीभीएसले यही साता ल्याउने भयो १२५ सीसीमा जुपिटर स्कुटर, थपिदै अर्को प्रतिस्पर्धि

टीभीएस मोटर कम्पनीले नयाँ १२५ सीसी स्कुटर यही हप्ता अक्टोबर ७ मा भारतीय...

२ लाख ८० हजारमा आयो टिभिएस एनटर्कको बिएस–६ एफआई भेरिएन्ट

२ लाख ८० हजारमा आयो टिभिएस एनटर्कको बिएस–६ एफआई भेरिएन्ट

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...