युवा व्यवसायी निर्मल सिग्देल लिडिङ आन्ट्रप्रेनर इन अटोमोटिभ इन्डष्ट्रिबाट सम्मानित

युवा अटोमोबाइल व्यवसायी निर्मल सिग्देलले ‘लिडिङ आन्ट्रप्रेनर इन अटोमोटिभ इन्डष्ट्रि’ शीर्षकको अवार्ड प्राप्त गरेका छन् । सिग्देलले टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलरको रुपमा ललितपुरको महालक्ष्मीस्थानमा युनिराइड अटो सञ्चालन गरिरहेका छन् ।

संविधान दिवस २०७८ को अवसरमा नेपालको विभिन्न क्षेत्रमा लामो समय कार्य गरेर योगदान दिएका सफल व्यक्तित्वहरुलाई लक्ष्यित गरेर ‘नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१’ नामक कार्यक्रममा सिग्देलले सो अवार्ड प्राप्त गरे । सिजन मिडियाले सो कार्यक्रमको आयोजना गरेको थियो ।

छोटो समयमा अटोमोबाइल क्षेत्रमा परिवर्तन ल्याउन सफल युवा व्यवसायीको रुपमा उनलाई सम्मानित गरिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

युनिराइडले केही दिन पहिले मात्र टीभीएसको ‘बेस्ट डेब्यु डिलर’ को उपाधि हात पारेको थियो । डिलर बनेको ६ महिनामै देशभरका करिव १५० डिलरलाई पछि पार्दै युनिराइडले उपाधि हात पारेको थियो ।

सञ्चालक सिग्देलका अनुसार युनिराइडले ग्राहकको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आइरहेको छ । उनले भने,‘टीभीएसको नयाँ बाइक तथा स्कुटर खरिद तथा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्च गर्न युनिराइड ग्राहकको आकर्षण बनिरहेको छ ।’

शोरुम सञ्चालनमा हालको बिक्रीमा सन्तुष्टि लिएर नबस्ने र भोलिका दिनमा अझै बिक्री बढाउन लागिपर्ने उनको योजना छ । यससँगै अबको केही समयभित्र देशभरको डिलरमा नम्वर वान बन्ने लक्ष्य आफूले राखेको समेत उनको भनाइ छ । ‘हामी आज हासिल गरेको उपलब्धिमा सन्तुष्टि लिएर बस्नेवाला छैनौ । भोलिका दिनमा अझै राम्रो गरी देशकै उत्कृष्ट डिलरको पहिचान बनाउन कटिबद्ध छौ । यो व्यवसायमा लामो समयसम्म रहिरहने गरी प्रबेश गरेका कारण ढिलोचाँडो उक्त लक्ष्य हासिल गरेरै छाड्ने छौ’ उनले जिकिर गरे ।

लामो समय देखि अटोमोबाइल क्षेत्रमै कार्यरत मामा गोपी न्यौपानेको प्रेरणाबाट अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको बताउने सिग्देलले हालै आफ्नै व्यवसाय सुरुवात गरेका हुन् । उनले युनिराइडसँगै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन समेत सञ्चालन गरिरहेका छन् ।

सो कार्यक्रममा डा. भोला रिजाललाई बेस्ट सिनियर गाइनोकोलोजिस्टको रुपमा लाइफ टाइम एचिभमेन्ट अवार्ड, महिला व्यवसायी भवानी राणाले मोस्ट इन्स्पायरिङ एन्ड इनफ्लुएन्सियल विमेन र बरिष्ठ पत्रकार किशोर नेपालले स्पेसल अनर जर्नालिजम अवार्ड प्राप्त गरे ।

सम्बन्धित समाचारहरू

आरटीएफआई भर्सनमा औपचारिक लन्च हुँदै टीभीएस अपाचे आरटीआर १६० फोरभी

आरटीएफआई भर्सनमा औपचारिक लन्च हुँदै टीभीएस अपाचे आरटीआर १६० फोरभी

काठमाडौं – नेपाली बजारका लागि भोलि बिहीबार टीभीएस अपाचे १६० फोरभीको...

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको...

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...