कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारलाई सफा गरे पनि यसको भित्रतिर लामखुट्टे र यस्तै विभिन्न प्रकारका रगत चुस्ने प्रकारका शिकारी किटाणुहरु रहन सक्छन् । विशेष गरी कारको ढोका लामो समय सम्म खुल्ला राख्ने गर्दा यस्ता लामखुट्टे भित्र छिरेका हुन सक्छन् ।

ढोका वा झ्याल खुला हुँदा, कारको भित्र कुनै कारणले रहेको फोहोर वा खाना रहेमा, कारभित्रै लामखुट्टे लुक्ने स्थान बन्दा, कारमा राखिएका विभिन्न पफ्र्युमको गन्ध लामखुट्टेका लागि रुचिकर बन्दा वा कुनै स्थानमा लामखुट्टेका लागि उपयुक्त पानी जम्दा कारभित्र लामखुट्टे रहनका लागि उपयुक्त वातावरण बन्छ ।

यसकारण कारको भित्रीभागमा लामखुट्टे नबस्ने उपयुक्त वातावरण निर्माण गर्नु आवश्यक हुन्छ । यी विभिन्न तरिकाले कारमा लामखुट्टे नबस्ने वातावरण निर्माण गर्न सकिन्छ ।

कारको इन्टेरियर नियमित रुपमा सफा गर्ने – कारको भित्री भागमा कुनै फोहोर वा बासी खानेकुरा राख्दा लामखुट्टेका लागि उपयुक्त वातावरण निर्माण हुन्छ । त्यसैले कारको भित्री भागमा नियमित रुपले सरसफाई गरी उपयुक्त वातावरण निर्माण गर्नुपर्छ ।

औषधिको प्रयोग – लामखुट्टे भगाउने खालका विभिन्न प्रकारका औषधिको प्रयोग गर्न सकिन्छ । यसले लामखुट्टेलाई भित्र रहनबाट रोक्छ ।

झ्याल ढोका बन्द राख्ने – कारलाई कुनै स्थानमा पार्क गरेर राख्दा झ्याल ढोका पनि पूर्ण रुपमा बन्द गर्नु ठीक हुन्छ । यसले लामखुट्टेलाई भित्र पस्नबाट रोक्छ ।

उचित सरसफाई – कारको भित्री भागमा नियमित रुपमा सरसफाई गर्नु पर्छ । जे भए पनि लामखुट्टेलाई आकर्षण गर्ने फोहोर नै मुख्य चिज हो । त्यसैले कारलाई सधै सफा राख्नु आवश्यक छ ।

सम्बन्धित समाचारहरू

टु ह्विलरमा चिनियाँ पार्ट्स भित्र्याउँदै सत्यदिप, ब्याट्रीपछि भित्र्यायो एएक्सटीजी बेरिङ

टु ह्विलरमा चिनियाँ पार्ट्स भित्र्याउँदै सत्यदिप, ब्याट्रीपछि भित्र्यायो एएक्सटीजी बेरिङ

स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदिप इन्टरनेसनलले पछिल्लो समय...

होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी सुलभ मूल्यमै गुणस्तरिय मिरर

होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी सुलभ मूल्यमै गुणस्तरिय मिरर

काठमाडौं– होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी नयाँ मिरर...

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, तीन छक्क पर्ने योजना,  निःशुल्क ट्याक्सी चढ्न पाइने

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, तीन छक्क पर्ने योजना, निःशुल्क ट्याक्सी चढ्न पाइने

पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...