अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने
टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २०० फोरभी पछिल्लो समयमा युवा राइडरको रुचिकर बाइक बनेको छ । भृकुटीमण्डपमा जारी टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेलामा यो एउटा प्रमुख आकर्षण बनेको छ ।
यो बाइकको मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ । बाइक किन्न चाहनेले यसलाई आफ्नो अनुकूलता अनुसार नगदमा खरिद गर्न, फाइनान्समार्फत खरिद गर्न वा पुरानो बाइकसँग एक्सचेन्ज गर्न सक्छन् । यी सबै विकल्प प्रयोग गर्दा टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले हाल उपलब्ध गराइरहेको ‘६ प्राइजको सरप्राइज’ नामक स्किम अन्तर्गतको विभिन्न पुरस्कार जित्ने अवसर समेत पाइन्छ ।
पुरै पैसा तिरेर नगदमा खरिद गर्नेका लागि कमसेकम ९ हजार रुपैयाँ छुट प्राप्त हुनेछ । ग्राहकले किन्नु भन्दा पहिले नै टीभीएस नेपालको वेबसाइटमार्फत फारम भरेर वा स्क्र्याच कार्डमार्फत आएको एसएमएसका आधारमा नगद छुट प्राप्त गर्न सक्ने छन् । यसमा १ लाख रुपैयाँ सम्म छुट प्राप्त हुने सम्भावना हुन्छ ।
त्यसैगरी ५० प्रतिशत रकम शुरुमा बुझाएर बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्म किस्ताको रुपमा तिर्न पनि सकिन्छ । यसरी लिदा शुरुमा १ लाख ९२ हजार ४५० रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ । बाँकी रकम १८ महिना सम्म प्रत्येक महिना १० हजार ६९१ रुपैयाँको दरले बुझाउन सकिन्छ ।
यसरी लिनका लागि फाइनान्समार्फत सुविधा उपलब्ध हुन्छ । यद्यपि सुरुमा फाइनान्स चार्जवापत ५ हजार ५ सय, नामसारीका लागि १ हजार ५ सय र इन्स्योरेन्सका लागि ६ हजार गरी १३ हजार रुपैयाँ समेत थप बुझाउनु पर्छ ।
हाल एक्सचेन्जको समय भएकाले टीभीएसले पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका मोटरसाइकल वा स्कुटर साट्न सकिने अवसर प्रदान गरेको छ । अपाचे आरटीआर २०० फोरभी लिनेले पनि आफ्नो पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग यसलाई साट्न सकिने अवसर प्रदान गरेको छ ।
यसरी पुरानो मोटरसाइकलको भ्यालुएसन कमसेकम १ लाख ४५ हजार रुपैयाँ हुने र यसैलाई डाउन पेमेन्टको रुपमा मानिने बताइएको छ । यसले गर्दा आफूसँग पुरानो मोटरसाइकल हुनेले डाउन पेमेन्टको रुपमा थप रकम बुझाउनु पर्दैन । बाँकी ९ हजार ९९९ रुपैयाँ प्रत्येक महिना किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।
हाल टीभीएसले देशभरका अधिकांश स्थानमा एक्सचेन्ज अफर राखेको छ । त्यसैगरी चाडपर्वको अवसरमा अफर समेत उपलब्ध छ । यो अवस्थामा विभिन्न आकर्षक नगद र विभिन्न पुरस्कार जित्न सकिने सम्भावना समेत छ ।
टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...
टीभीएसले चाँडै नै आफ्नो लोकप्रिय एनटर्क १२५ स्पोर्टी स्कुटरको नयाँ...
काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...