क्रसफायर मोटरसाइकल र इटालिका मोटो स्कुटरमा दसैं अफर : बम्परमा ५० हजार बराबरको उपहार

काठमाडौं – नेपालमा क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले यो वर्षको विजया दशमीलाई लक्ष्यित गरी ‘दसैं अफर’ ल्याएको छ । यस अन्तर्गत क्यासब्याक, डिस्काउन्ट, एक्सचेन्ज, फाइनान्स, एसेसरिज र विक्ली प्राइजलगायतका विभिन्न अफरहरु उपलब्ध छन् ।

नेपाली बजारमा क्रसफायरका आरएम २५०, एचजे २५० र जीआर७ २५० मोटरसाइकल तथा इटालिका मोटोको फर्मुला १५० स्कुटर उपलब्ध छन् । क्रसफायरका मोटरसाइकल किन्दा मोडल अनुसार फरक फरक अफर उपलब्ध छ ।

क्रसफायरको एचजे२५० र जीआर७ २५० मोटरसाइकल किन्दा १५ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद खरिद गर्दा यसका साथमा हेल्मेट र गगल्स उपलब्ध गराइने छ । त्यसैगरी आरएम २५० खरिद गर्दा हेल्मेट र गगल्स तथा फर्मुला १५० स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथमा हेल्मेट, स्कुटर कभर र विन्ड चिटर समेत उपलब्ध गराइने छ ।

विक्ली प्राइजको रुपमा क्रसफायर खरिद गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक जना भाग्यशाली विजेतालाई टप, ट्राउजर्स र ग्लोभ्स सहितको जर्सी सेट प्रदान गरिने छ । त्यसैगरी इटालिका मोटो खरिद गर्नेका लागि डुल्ला गिफ्ट ह्याम्पर र १० हजार नगद छुट प्रदान गरिने छ ।

बम्पर प्राइज अन्तर्गत क्रसफायर मोटरसाइकलका एक जना भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको बुट, ट्राउजर, जर्सी, ग्लोभ्स र एसर्बिस ह्यान्ड गार्ड प्रदान गरिने छ । त्यसैगरी इटालिका मोटो बम्परको रुपमा एक जना भाग्यशाली ग्राहकलाई ५० हजार क्यासब्याक र डुल्ला गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकलसँग नयाँ क्रसफायर वा इटालिका मोटो ब्रान्डका मोटरसाइकल र स्कुटर साट्न सकिने छ । पुरानो सवारी साधनलाई १५ हजार थप भ्यालुएसनका साथै हेल्मेट प्रदान गरिने छ ।

फाइनान्समार्फत पनि यी मोटरसाइकल तथा स्कुटर उपलब्ध हुनेछ । यसरी फाइनान्समार्फत खरिद गर्दा समेत एचजे२५० र जीआर७ २५० मा १० हजार छुट र हेल्मेट उपलब्ध हुनेछ भने फर्मुला १५० मा ५ हजार छुट र हेल्मेट उपलब्ध हुनेछ ।

हाल आरएम २५० को मूल्य ७ लाख २५ हजार, एचजे २५० को मूल्य ६ लाख ५५ हजार र जीआर७ २५० को मूल्य ५ लाख ४५ हजार रुपैयाँ छ भने फर्मुला १५० को मूल्य ३ लाख १० हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ मोटरसाइकल राइडरहरुको मेला ‘मनाङ मेनिया’

यस्तो हुनेछ मोटरसाइकल राइडरहरुको मेला ‘मनाङ मेनिया’

काठमाडौं – काठमाडौं लेजेन्ड्स प्रालिले मनाङ मेनिया कार्यक्रम गर्ने भएको छ...

रोयल इन्फिल्ड लेडी राइडर्स गेट टुगेदर सम्पन्न, रोड सेफ्टी ट्रेनिङ र अन्तरक्रिया आयोजना

रोयल इन्फिल्ड लेडी राइडर्स गेट टुगेदर सम्पन्न, रोड सेफ्टी ट्रेनिङ र अन्तरक्रिया आयोजना

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल...

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको डिलरसिप खोस्न होडबाजी, ११ बर्षमा खोसिए ११ ब्रान्डको डिलरसिप

गाडी र मोटरसाइकलको कारोबारमा नयाँ ठूला व्यवसायीक घरनाको रुची बढ्न थालेपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...