चाङ्गनका प्रशन्न पन्त भन्छन – अबको बजार चिनियाँ ब्रान्डको

अटो बजारमा अहिले इलेक्ट्रिक कार र चिनियाँ ब्रान्ड सर्बाधिक चर्चाको बिषय बनिरहेको छ । एकातिर इलेक्ट्रिक कारको माग उच्च भएपनि आयतकर्ता कम्पनीले आपूर्ति गर्न सकिरहेका छैनन भने अर्कोतर्फ एकपछि अर्को चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिइरहेका छन् । यी दुबै विषयले अटो बजारको विद्यमान गतिशीलतालाई थप प्रस्ट्याएको छ भने भोलिका दिनमा अटो बजारले झनै गति लिने आशा समेत देखाएको छ ।

एकदशक अघि नेपाल भित्रिएर बजारबाट एकाएक बिलय भएका ग्रेटवाल र चेरीजस्ता ब्रान्डलाई पुनः स्थापित गराउने लक्ष्यसहित ठूला व्यावसायिक घराना विशाल ग्रुप र शारडा ग्रुप चिनियाँ ब्रान्डको प्रवद्र्धनमा होमिएका छन् । त्यसैगरी देशकै दोस्रो ठूलो अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले चिनियाँ बजारमा सर्बाधिक खपत हुने ब्रान्ड चाङ्गनलाई छिट्टै बजारमा उतार्ने तयारी तीव्र बनाएको छ । त्यसैगरी अन्य ठूला व्यावसायिक घरनाहरुले समेत अहिले चिनियाँ ब्रान्डमा नजर डुलाइरहेका छन् । जसका कारण यसअघि बद्नाम बनेको चिनियाँ ब्रान्डले बजारमा दमदार उपस्थिति जनाउँदै भोलिका दिनमा भारतीय र कोरियन लागयत अन्य ब्रान्डका लागी ठूलै चुनौती पेश गर्ने पक्कापक्की जस्तै देखिन्छ ।

यसै सन्दर्भभा चाङ्गन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका डीजीएम प्रशन्न पन्त भन्छन्, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन विश्वकै सबैभन्दा बढी सवारी साधन उत्पादन र खपत गर्ने मुलुक समेत हो । हाल चीनमा उत्पादन हुने अधिकांश ब्रान्डले विश्व बजारमा प्रभाव जमाउन थालिसकेको छ ।’ उनका अनुसार जसरी जापनिज, अमेरिकन, युरोपियन हुँदै कोरियन ब्रान्डले एकपछि अर्र्को बजारमा प्रभाव जमाउन सफल भए अहिले चिनियाँ ब्रान्डले समेत विश्वव्यापी रुपमा आफ्नो प्रभाव सोही रफ्तारमा विस्तार गर्न थालिसकेको छ ।

प्रविधि, डिजाइन र नयाँपनमा जोड दिँदै अघि बढिरहेको चिनियाँ ब्रान्डले १ दशक अघिको तुलनामा अहिले निकै ठूलो फड्को मारिसकेको उनले दाबी गरे । जसका कारण पनि चिनियाँ ब्रान्डको प्रभाव विश्वव्यापी बिस्तार हुन सफल भएको र अबको बजार यस्ता ब्रान्डको पकडमा जाने उनको ठहर छ ।

पन्तका अनुसार प्रतिस्पर्धी मूल्यमा अत्याधुनिक र सुबिधासम्पन्न सवारीसाधन उत्पादनलाई तीव्रता दिएको चीनले भविष्यलाई लक्ष्यित गरी इनोभेटिभ र प्रविधिमैत्री साधन उत्पादन गर्दै आइरहेको छ । अबको केही समयभित्रै नेपाल भित्रिन लागेका चाङ्गन ब्रान्डका कारमा समेत ग्राहकले यस्तो विशेषतालाई महशुृस गर्न सक्ने उनले बताए । ‘चाङ्गन १ हजार भन्दा बढी भेरिएन्टमा सवारीसाधन उत्पादन गर्ने कम्पनी हो । हामीले सबै भेरियन्टलाई नेपाली बजारमा ल्याउन नसकेपनि नेपाली उपभोक्ताले आफूलाई अपग्रेड गर्न उपयुक्त ठान्ने मोडललाई प्राथमिकता साथ भित्र्याउँदै जाने योजना बनाएका छौ’ उनले भने, ‘पहिलो चरणमा सेडान र पिकअप भित्र्याइसकेपछि लगत्तै एसयूभी र त्यसपछि इलेक्ट्रिक कार समेत भित्र्याउँदै जाने योजना बनाएका छौ ।’ बिक्री र बिक्री पछिको सेवाका लागि शोरुम र सर्भिस सेन्टर निर्माणको कामले अहिले गति लिइरहेको उनले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो छ हालै सार्वजनिक कम्प्याक्ट सेडान स्कोडा स्लाभियाका ५ फिचर

यस्तो छ हालै सार्वजनिक कम्प्याक्ट सेडान स्कोडा स्लाभियाका ५ फिचर

स्कोडा इन्डियाले मध्यम आकारको सेडान स्कोडा स्लाभिया भारतीय बजारमा...

रामेछापको विद्यालयबाट चांगन अटो नेपालको के ग्लोबल फाउन्डेसनसँग सहकार्य प्रारम्भ

रामेछापको विद्यालयबाट चांगन अटो नेपालको के ग्लोबल फाउन्डेसनसँग सहकार्य प्रारम्भ

काठमाडौं – नेपाली बजारमा चांगन ब्रान्डका सवारी साधन बिक्री–वितरण...

एकै दिनमा ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

एकै दिनमा ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

काठमाडौं– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...