पल्सरसँग प्रतिस्पर्धा गर्ने १२५ सीसी मोटरसाइकल आज सार्वजनिक गर्दै टीभीएस

टीभीएस मोटर कम्पनीले सामाजिक सञ्जालमा आगामी दिनमा बजारमा उपलब्ध हुने कम्युटर मोटरसाइकलको टिजर जारी गरेको छ । जसलाई आज आधिकारिक रुपमा लन्च गरिने छ । सो बाइकको नाम भने लन्चिङको समयमा मात्र थाहा हुनेछ । यसको नाम रेट्रोन, फिएरो वा राइडर पनि हुन सक्छ । किनभने यी नाम टीभीएसले केही समय पहिले रजिस्टर गराएको छ ।

बाइकको फिचरको बारेमा कम्पनीले केही जानकारी दिएको छैन । रिपोर्ट अनुसार सो बाइक १२५ सीसी सेगमेन्टमा एक कम्युटर मोटरसाइकल हुनेछ । यद्यपि टिजरमा यसको डिजाइन एक स्पोर्ट्स बाइक जस्तै देखिएको छ ।

अनुमानित रिपोर्ट अनुसार सो बाइकमा १२५ सीसीको आयल–कुल्ड इन्जिन हुनेछ । सो बाइक बजाज पल्सर १२५ र होन्डा सीबी साइनसँग प्रतिस्पर्धा गर्नेछ । टिजरमा देखिए अनुसार बाइकको फ्रन्टमा एलईडी डीआरएल, स्प्लिट सिट, अलोय ह्विल, टेलिस्कोपिक फ्रन्ट फोर्क, मोनोसक र एलईडी टेलल्याम्प आदि समावेश गर्नेछ । साथै डिजिटल रिभर्स डिस्प्ले पनि समावेश गर्नेछ ।

बाइकलाई स्पोर्टी लुक प्रदान गर्नको लागि फ्युल ट्यांकमा ब्ल्याक स्ट्रिप प्रदान गरिएको छ । बाइकको मूल्य ८० हजार देखि ९० हजार भारुमा लन्च गर्ने सम्भावना रहेको छ ।

कम्पनीले यस बाइकमा ब्लुटुथ कनेक्टिभिटी पनि प्रदान गर्न सक्ने छ । यसको साथसाथै बाइकमा फ्रन्ट डिस्क ब्रेक, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एलईडी टेल ल्याम्प पनि प्रदान गर्न सकिन्छ । १२५ सीसी सेगमेन्टमा सो बाइक सबैभन्दा स्टाइलिस कम्यूटर मोटरसाइकल हुन सक्छ । भारत र नेपालमा १२५ सीसी सेगमेन्ट मोटरसाइकल निकै लोकप्रिय रहेको छ ।

सम्बन्धित समाचारहरू

भ्यालेन्टाइन डे अवसरमा टीभीएसले ल्यायो अफर : स्कुटर किन्दा यस्तो फाइदा

भ्यालेन्टाइन डे अवसरमा टीभीएसले ल्यायो अफर : स्कुटर किन्दा यस्तो फाइदा

काठमाडौं – टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक...

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

युवा आकर्षणका लागि टीभीएसले ल्याउदै छ अपाचे आरटीआर १६५ आरपी

युवा आकर्षणका लागि टीभीएसले ल्याउदै छ अपाचे आरटीआर १६५ आरपी

टीभीएस मोटर्स कम्पनीले अपाचे सिरिजमा नयाँ बाइक टीभीएस अपाचे आरटीआर १६५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...