प्रतिस्थापन विधेयकप्रति नाडाको स्वागत र गुनासो, अर्थमन्त्रीको प्रष्टीकरण

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसनले बजेट प्रतिस्थापन विधेयकले अटोमोबाइल क्षेत्रमा पारेको असरका विषयमा अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ । नाडा उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले बजेट प्रतिस्थापन विधयेकले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे छलफल गरेको नाडाले जनाएको छ ।

उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नु पर्ने उनले बताए ।

नले नेपालमा गुणस्तरिय लुव्रिकेन्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरूप नीति ल्याउनु पर्ने आग्रह गर्दे सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए ।

नाडाका मोटरसाइकल समिति सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरू दुईतिहाइको संख्यामा विक्री हुने भन्दै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरूमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए । सरकारले गरेको वर्तमान सेगमेन्टलाई पहिले कै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने उनले बताए ।

दुगड ब्रदर्स एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सीसी भन्दा माथीका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवर्द्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए ।

अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरूपका नीतिहरू ल्याइएको बताए । यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनसक्ती पनि तयार हुने,  लगानी र उत्पादन पनि बढ्ने उनले बताए ।

उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोग समेत गठन गर्न लागेको उनले बताए । सरकारबाट कहाँकहाँ कमजोरी भए त्यसकोसमेत समाधान गरिने उनले बताएको नाडाले जनाएको छ । 

सम्बन्धित समाचारहरू

नाडा सदस्यमा ३ ठूला कर्पोरेट हाउसका प्रतिनिधि मनोनित

नाडा सदस्यमा ३ ठूला कर्पोरेट हाउसका प्रतिनिधि मनोनित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज बसेको नयाँ कार्यसमितिको पहिलो...

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति...

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको पहिलो इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...