एमजी मोटर्सले सार्बजनिक गर्यो मिड साइज एसयुभी ‘एस्टर’, अर्को महिना औपचारिक लन्च हुने

एमजी मोटर्सको बहुप्रतिक्षित मिड साइज एसयुभी एस्टरलाई आज सार्बजनिक गरिएको छ । यो एसयुभीलाई कम्पनीले अर्को महिना अर्थात अक्टोबर मध्यतिर भारतीय बजारमा औपचारिक लन्च गर्ने बताएको छ । एमजी मोटर्सकै प्रिमियम एसयुभी हेक्टरभन्दा केही सानो यो एसयुभीको लुक्स तथा डिजाइन भने एमजी जेडएस इभी बाट प्रेरित रहेको देख्न सकिन्छ ।

यो एसयुभीमा कम्पनीले सेग्मेन्टकै पहिलो फिचर्स अन्तर्गत ‘एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम’को लेवल टु लाई प्रयोगमा ल्याएको छ । यो प्रबिधीलाई भारतमा एमजी मोटर्सले ग्लोस्टर र महिन्द्राले एक्सयुभी ७०० मा समेत प्रयोग गरिसकेको छ । जसले एडप्टिभ क्रुज कन्ट्रोल, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमरजेन्सि ब्रेकिङ र स्पिड एसिस्ट लगायत अन्य सेफ्टि फिचर्सलाई राम्रोसंग सञ्चालन गर्न मद्धत गर्छ ।
एस्टरमा कम्पनीले हेक्जागोनल ग्रिल उपलब्ध गराएको छ । जसले अगाडीको लुक्सलाई एकदमै आकर्षक र स्पोर्टी देखाएको छ । यसको फग ल्याम्प र हेड लाइट हाउजिंग समेत नयाँ छ । डायमन्ड कट अलोई ह्विल्सले यसको लुक्समा निखार दिएको छ ।
यो सेग्मेन्टका अन्य एसयुभीको तुलनामा आफूलाई अब्बल साबित गर्न एस्टरमा अन्य प्रसस्तै नयाँ प्रबिधी र आधुनिक फिचर्स समेत उपलब्ध गराइएको छ ।

यसको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा जीओ ई(सिमलाई कनेक्ट गरिएको छ । साथै आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा भ्वाइस कमान्ड गर्न सकिन्छ । यसको टप मोडलमा पानारोमिक सनरुफ, हिटेड ओरभिएमस्, डिजिटल कि, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६ तरिकाले इलेक्ट्रिकल्लि एडजस्ट गर्न मिल्ने ड्राइभर सिट जस्ता फिचर्स उपलब्ध छ । यसको इन्टेरियरमा ३ वटा कलर अप्सन रहेको छ ।

एस्टर १.५ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल इन्जिन र १.३ लिटर टर्बो पेट्रोल गरी दुई इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये पहिलो इन्जिन अप्सनको अधिकतम पावर ११० एचपी र टर्क १४४ एनएम रहेको छ । त्यसैगरी टर्बो पेट्रोलको पावर १४० एचपी र टर्क २२० एनएम रहेको छ । १.५ लिटर पेट्रोल इन्जिनमा म्यानुअल गियरबक्स को साथै ८ स्टेप सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने टर्बो पेट्रोल चाहिँ ६ स्पिड अटोमेटिक गियरबक्समा मात्र उपलब्ध छ ।

यो एसयुभीले हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका हुन्डाई क्रेटा, किया सेल्टोस, निशान किक्स, रेनो डस्टर, स्कोडा कुसाक र छिट्टै सार्बजनिक हुन गैरहेको फक्सवागन टाइगुनसंग प्रतिस्पर्धा गर्नेछ । यसको मुल्य भारतीय बजारमा १० लाख रुपैयाँबाट शुरु हुने अनुमान गरिएको छ । भारतीय बजारमा औपचारिक लन्च लगत्तै यो एसयुभी नेपाली बजारमा समेत भित्रिने र मूल्य ५० लाख हाराहारीबाट सूरु हुने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

एमजीले हालै भारतमा एमजी विन्डसर इलेक्ट्रिक कार लन्च गरेको थियो । सो कारले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...