होन्डा हाइनेस सीबी ३५० डिलक्स प्रो नेपालमा नआउने, मुख्य ३ फरक छ डिलक्स र डिलक्स प्रोमा
काठमाडौं – नेपाली बजारमा हालै होन्डाको हाइनेस सीबी ३५० डिलक्स बाइक...
काठमाडौं – सरकारले केही दिन पहिले ल्याएको प्रतिस्थापन विधेयक पश्चात होन्डाका तीन मोटरसाइकलको मूल्यमा वृद्धि भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले तीन मोडलका मोटरसाइकलको मूल्यमा वृद्धि गरेको छ ।
हालै नेपाल भित्रिएका दुई मोडल सीबी हाइनेस ३५० र सीबी ३५० आरएस तथा अर्को १५० सीसीको मोटरसाइकल युनिकर्नको मूल्यमा वृद्धि गरिएको छ । सीबी हाइनेस ३५० मा २५ हजार र सीबी ३५० आरएसको मूल्यमा २३ हजार रुपैयाँले वृद्धि गरिएको छ भने युनिकर्नमा समेत २० हजार रुपैयाँ वृद्धि भएको छ ।
यसअघि ७ लाख ५० हजार ९ सय रुपैयाँ मूल्यमा बिक्री भइरहेको सीबी हाइनेस ३५० को मूल्य ७ लाख ७५ हजार ९ सय पुगेको छ । त्यसैगरी सीबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार ९ सय रुपैयाँ भएकोमा अब ७ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यी दुबै मोटरसाइकलमा यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा प्रतिस्थापन विधेयकले ८० प्रतिशत अन्तःशुल्क लगाएको छ ।
अघि ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएको १५० सीसीका मोटरसाइकलमा अहिले ५० प्रतिशत अन्तःशुल्क लगाइएको छ । यही कारण यसअघि २ लाख ६९ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको युनिकर्नको मूल्य अब २ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
काठमाडौं – नेपाली बजारमा हालै होन्डाको हाइनेस सीबी ३५० डिलक्स बाइक...
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...