टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ अफरको घोषणा गरेको छ । ‘यसपालीको दसैं तिहार टाटाको सेफेस्ट कार्स हर्षमय परिवार’ स्लोगानका साथ ल्याइएको सो अफरमा कार किन्दा मोडल अनुसार २ लाख रुपैयाँ सम्म छुट प्रदान गरिने भएको छ ।

त्यसैगरी कुनै पनि ब्रान्डको पुरानो कारसँग टाटाको नयाँ कार एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस प्रदान गरिने छ । कारमा प्रयोग गरिने जेन्युइन एसेसरिज निःशुल्क प्रदान गरिने छ भने नामसारी पनि निःशुल्क हुनेछ ।

एक वर्षको सडक दस्तुर कर छुट प्रदान गरिने र प्रत्येक कार डेलिभरीमा विशेष उपहार प्रदान गरिने बताइएको छ ।

नेपाली बजारमा टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच५ बिक्रीका लागि उपलब्ध छन् । टाटाको नयाँ सफारी हालै नेपाली बजारमा भित्रिएको हो । ५ र ७ सिट अप्सनमा उपलब्ध सफारी आरामदायी, उत्कृष्ट कार्य क्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीको भनाइ छ । आधुनिक युगका आकर्षक र शक्तिशाली एसयूभी रुचाउने ग्राहकलाई यसले आकर्षित गर्ने बताइएको छ ।

टाटा नेक्सन इलेक्ट्रि सनरुफयुक्त छ भने टाटा टिगोर र टियागो बीएस६ इन्जिन सहित अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । टाटा अल्ट्रोजले सेफ्टीका लागि यसले ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । त्यसैले नेपाली बजारमा उपलब्ध सबैभन्दा सुरक्षित ह्याचब्याक भनिएको छ ।

टाटा एच५ मा प्यानोरामिक सनरुफ छ भने यो अटोमेटिक ट्रान्समिसनयुक्त छ ।

नेपाली बजारमा सिप्रदी ट्रेडिङले हालै इलेक्ट्रिक कार नेक्सन ईभी समेत भित्र्याएको छ । यद्यपि यसको बुकिङ मात्र गर्न सकिने र अहिले तुरुन्तै उपलब्ध गराउन नसकिने तथा यसको लागि केही महिना पर्खिनु पर्ने सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटाका नयाँ कार किन्दा ३ वर्ष सम्मको वारेन्टी र निःशुल्क सर्भिसिङ समेत उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सले १ लाख इलेक्ट्रिक कार बेच्यो, बिक्री चार्टमा नेक्सन ईभी शीर्ष स्थानमा

टाटा मोटर्सको नेक्सन ईभी लन्चिङ समयदेखि हालसम्म १ लाख युनिट बिक्री गरेको...

ह्यारियर ईभीको अर्को कठिन परीक्षण सफल, ब्यास नदी सफलतापूर्बक पार

ह्यारियर ईभीको अर्को कठिन परीक्षण सफल, ब्यास नदी सफलतापूर्बक पार

टाटालै हालै लन्च गरेको नयाँ विद्युतीय एसयूभी ह्यारियरले अर्को कठिन...

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...