टाटा पन्च एसयूभीमा महँगो कारको फिचर समावेश भएको खुलासा

टाटा मोटर्सले बहुप्रतीक्षित पन्च सब कम्प्याक्ट एसयूभीको टिजर भिडियो जारी गरेको छ । नयाँ टिजर भिडियोमा टाटा पन्च ड्राइभ मोडले सुसज्जित रहेको जानकारी दिइएको छ । टिजरमा मल्टिपल मोड र मल्टिपल टेरेन्स लेखिएको छ ।

यद्यपि कम्पनीले सो कारको ड्राइभ मोडको बारेमा कुनै विवरण खुलाएको छैन । यसमा नेक्सन कम्प्याक्ट एसयूभीको ड्राइभ मोड उपलब्ध हुने अनुमान गरिएको छ । टाटा नेक्सन ३ ड्राइभ मोड – स्पोर्ट, सिटी र इकोमा उपलब्ध रहेको छ । इको ड्राइभ मोड हाई इन्धन दक्षता प्रदान गर्नको लागि थ्रोटल प्रतिक्रिया नियन्त्रण ड्राइभिङको लागि समायोजित गरिएको दाबी गरिएको छ ।

स्पोर्ट ड्राइभ मोडले स्पोर्टी ड्राइभिङ प्रदान गर्छ किनकि यसमा थ्रोटल प्रतिक्रियाको पूर्ण क्षमताको उपयोग गर्छ । सिटी ड्राइभ मोड राम्रो दक्षताको साथमा परफर्मेन्स गर्छ । टियागो र टिगोर बीएस४ एडिसनमा पनि यी ड्राइभ मोड सुसज्जित थिए तर टाटा बीएस६ अनुरूप एडिसनको साथमा सो मोड हटाइएको छ ।

टिजर अनुसार टाटा पन्च माइक्रो एसयूभीले पूर्ण सुरक्षा प्रदान गर्नेछ । नयाँ सब–कम्प्याक्ट एसयूभी नयाँ अल्फा मोड्युलर प्लेटफर्ममा आधारित हुनेछ । अल्ट्रोजले ग्लोबल एनक्याप क्र्यास टेस्टमामा ५–स्टार सुरक्षा रेटिङ पाएको थियो र पन्चमा जस्तै सुरक्षा मापदण्डहरु प्रदान गर्ने आशा गरिएको छ ।

नयाँ मोडलमा डुअल फ्रन्ट एयरब्याग, रियर पार्किङ सेन्सर, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, एबीएसको साथमा ईबीडी, सिट बेल्ट रिमाइन्डर आदि जस्ता फिचर स्ट्यान्डर्डको रुपमा हुने अपेक्षा गरिएको छ । टप भेरिएन्टमा रियर पार्किङ क्यामेरा उपलब्ध हुनेछ । हिल डिसेन्ट कन्ट्रोल र हिल स्टार्ट असिस्ट फिचर पनि उपलब्ध हुनेछ ।

टाटा पन्च दुई इन्जिन विकल्पमा पेश गर्ने सम्भावना रहेको छ । यसमा १.२ लिटर ३ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल र १.२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन समावेश रहेको छ । ट्रान्समिसन विकल्पको रुपमा ५ स्पिड म्यानुअल र एएमटी युनिट सम्मिलित हुने सम्भावना रहेको छ । माइक्रो एसयूभीमा ड्राइभ मोड पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले आज भारतमा सफारीको डार्क एडिसन लन्च गरेको छ । यसअघिको रेगुलर...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...