बीवाईडी ई६ दशै अगाडि नै ग्राहक डेलिभरी गरिने, सेमी कन्डक्टर अभावको असर नहुने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक गाडी बीवाईडी ई६ दशैं अगाडि औपचारिक रुपमा सफ्ट लन्च गरिने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले दशैं अगाडि नै केही संख्यामा ग्राहकलाई गाडी डेलिभरी गरिने बताएको छ ।

साइमेक्स इंकका अनुसार दशै अगाडि केही संख्यामा गाडी डेलिभरी गरिने छ भने दशै पछि टिकालगत्तै उपत्यका वाहिर चितवन र इटहरीका ग्राहकलाई समेत गाडी डेलिभरी गर्ने तयारी भइरहेको छ ।

हाल विश्वव्यापी रुपमा भएको सेमी कन्डक्टरको अभावको असर बीवाईडीलाई भने परेको छैन । बीवाईडी आफै नै ओईएम म्यानुफ्याक्चरर समेत भएकाले आफै नै सेमी कन्डक्टर लगायतका विभिन्न सामग्री उत्पादन गर्ने भएकाले कुनै असर नपुगेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंकले सेकेन्ड जेनेरेसन अल न्यु बीवाईडी ई६ नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।  यसमा भएको ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्याकका कारण यसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी यसमा भएको ७० किलोवाटको इलेक्ट्रिक मोटरले १८० एनएम टर्क जेनेरेट गर्छ ।

ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

नयाँ बीवाईडी ई६ मा स्मुथ र कम्फर्टेबल राइडको अनुभव गर्न सकिन्छ । यसमा ५८० लिटरको बुट स्पेस र इन्टेरियरमा भएको प्रशस्तै स्पेसले यसलाई थप सुविधाजनक बनाएको छ । यसमा भएको म्याकफर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन र रियर मल्टी–लिंक सस्पेन्सन च्यासिसले यसले प्रदान गर्ने सुविधालाई थप बढाएको छ ।

बीवाईडी ई६ कारलाई विभिन्न तरिकाले चार्ज गर्न सकिने भएकाले आफूलाई उपयुक्त अप्सन प्रयोग गर्न सकिन्छ । यसलाई चार्ज गर्नका लागि एसी र डीसी फास्ट चार्जिङ दुवै अप्सन प्रयोग गर्न सकिन्छ । एसी फास्ट चार्जरले २ घण्टामा र डीसी बुस्ट चार्जरले १ घण्टा १० मिनेट सम्ममा यसलाई फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी ६.६ किलोवाट होम चार्जरले यसलाई १० घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

अल न्यु बीवाईडी ई६ बोसको अत्याधुनिक आईपीबी इन्टेलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम प्रयोग गरिएको विश्वकै पहिलो इलेक्ट्रिक कार हो । यसका कारण ब्रेकिङ फिल स्मुथ हुनुका साथै फास्ट रेस्पोन्स हुन्छ । यसले ब्रेकिङलाई सहज बनाउँछ ।  यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिगलले पार ग-यो १० लाख युनिटको ग्लोबल सेल, ल्यायो नयाँ फ्रि एडिसन

बीवाईडी सिगलले पार ग-यो १० लाख युनिटको ग्लोबल सेल, ल्यायो नयाँ फ्रि एडिसन

विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले आफ्नो...

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल...

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...