होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नौलो अफर ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेश गरेर हरेक प्रदेशबाट १ जनालाई १ लाख नगद प्रदान गर्ने अफर ल्याएको छ । होन्डाले यसका लागि ‘होन्डा ५ साथ ७, बम्परमा थप रु. १५ लाख’ राखेको छ । लक्की ड्रबाट विजेताको छनोट गरिने छ ।

कुनै पनि होन्डा मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कुपनमा १ लाख रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । त्यसैगरी स्पेयर पार्ट्समा ७ वर्षका लागि ७ प्रतिशत छुट प्रदान गरिने छ भने ७ वर्ष सम्म ९ वटा फ्रि सर्भिसिङ कुपन प्राप्त गर्न सकिने छ ।

होन्डाका बिग बाइकमा भने ३५ हजार रुपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सकिने छ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

होन्डाले यसपालीको दसैं तिहार र छठलगायतका चाडपर्वका लागि यो अफर ल्याएको हो । कम्पनीले पहिले देखि नै १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ ईएमआई र १ प्रतिशत ब्याजदरमा नयाँ मोटरसाइकल वा स्कुटर किन्न सकिने सुविधा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...

यस्तो छ नयाँ लुक र एड्भान्स फिचरले सुसज्जित होन्डाको पासपोर्ट एसयूभी

यस्तो छ नयाँ लुक र एड्भान्स फिचरले सुसज्जित होन्डाको पासपोर्ट एसयूभी

होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा ल्याएको...

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...