भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो
काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...
मारुती सुजुकीको मिड साइज सेडान कार सियाजले घरेलु बजारमा ३ लाख बिक्रीको आँकडा पार गरेको छ । सियाजको प्रतिस्पर्धा होन्डा सिटी, हुन्डाई भरना, फक्सवागन भेन्टो र स्कोडा ¥यापिडसँग हुने गरेको छ ।
मारुती सुजुकी इन्डियाका सिनियर एक्जिक्युटिभ डायरेक्टर, मार्केटिङ एवम् सेल्स, शशांक श्रीवास्तवले २०१४ मा लन्च भए यता सियाजले स्पेस र डिजाइनमा प्रतिस्पर्धी प्रिमियम सेडान सेगमेन्टमा शानदार सफलता हासिल गरेको जानकारी दिएका छन् ।
मारुती सुजुकी सियाजले केही महिनादेखि बिक्रीको मामलामा होन्डा सिटी र हुन्डाई भरनालाई उछिनेको छ । बिक्री रिपोर्ट अनुसार जुलाई २०२१ मा सियाज १४५० युनिट बिक्री भएको थियो भने होन्डा सिटीको ३६२७ युनिट र भरनाको १८२७ युनिट बिक्री भएको थियो । गत वर्ष अगस्त २०२१ मा सियाज २१४६ युनिट, भरना २०९८ युनिट र होन्डा सिटी ३२८४ युनिट बिक्री भएको थियो ।
सियाजमा शार्प फ्रन्ट ग्रिल, स्लिक बम्पर र एलईडी प्रोजेक्टर हेडल्याम्पको साथै डे टाइम रनिङ लाइट उपलब्ध रहेको छ । सियाजमा १.५ लिटर ४ सिलिन्डर के१५बी माइल्ड हाइब्रिड पेट्रोल इन्जिन समावेश गरिएको छ ।
सो इन्जिनले १०४.७ पीएसको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । जसमा ५ स्पिड म्यानुअल ट्रान्समिशन वा ४ स्पिड टर्क कन्भर्टरको विकल्प रहेको छ । कम्पनीले सियाजको ४ भेरिएन्ट सिग्मा, डेल्टा, जेटा, अल्फा र एसमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा सुजुकी सियाज कार डेल्टा, जेटा र अल्फा भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३८ लाख ५९ हजार, ४४ लाख १९ हजार र ४४ लाख ५९ हजार रुपैयाँ छ ।
काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...
सुजुकीको प्रिमियम स्कुटर वर्गम्यान स्ट्रिट अहिले भारतिय बजारमा निकै...
मारुती सुजुकीको बहुप्रतीक्षित अफरोड एसयूभी जिम्नी जुन ५ मा भारतीय बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...