नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन बुकिङ भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनीले पहिलो चरणमा गत साउन १२ गते सो गाडीको मूल्य सार्वजनिक गरेको थियो ।

टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीलाई भने अनुसारको संख्यामा नेपाली बजारमा पु¥याउन नसकिएको कम्पनी स्रोतले बताएको छ । विश्वव्यापी रुपमा सेमी कन्डक्टरको अभाव भइरहेको र इलेक्ट्रिक गाडीमा प्रयोग गरिने चिपका लागि यो आवश्यक भएकाले अन्य गाडीका साथै नेक्सन ईभी उत्पादनमा समेत यसको प्रत्यक्ष असर देखिएको छ । भारतीय बजारमा समेत करिव ६ महिना सम्म ग्राहकले यो गाडी डेलिभरीका लागि पर्खिनु पर्ने अवस्था भएकोमा नेपालमा पनि यही अवस्था छ ।

सिप्रदी ट्रेडिङका अनुसार हाल सम्मको अवस्थामा पहिले बुकिङ गरेका ग्राहकहरुलाई डिसेम्बर महिना सम्ममा गाडी डेलिभरी दिइने र अब बुकिङ गर्ने ग्राहकले भने सन् २०२२ देखि मात्र गाडी लिन पाउने छन् ।

सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलर अप्सनमा उपलब्ध टाटा नेक्सन तीन भेरिएन्टमा उपलब्ध हुनेछ । सबैभन्दा सस्तो भेरिएन्ट एक्सएमको मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

नेपालमा नेक्सन ईभीको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइने छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो जीकर एक्स, यस्तो छ मूल्य र विशेषता

अपडेट भएर आयो जीकर एक्स, यस्तो छ मूल्य र विशेषता

जीकरको लोकप्रिय ईभी मोडल एक्स अपडेट भएर आएको छ । नयाँ जीकर एक्सको मूल्य...

५१ प्रतिशतको वार्षिक वृद्धिसँगै एम्पियरले पार ग-यो ४ लाख ई–स्कुटर बिक्रीको माइलस्टोन

५१ प्रतिशतको वार्षिक वृद्धिसँगै एम्पियरले पार ग-यो ४ लाख ई–स्कुटर बिक्रीको माइलस्टोन

एम्पियरले एक नयाँ र ऐतिहासिक माइलस्टोन पार गरेको छ । ग्रिभ्स इलेक्ट्रिक...

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी मोटर इन्डियाको आधिकारिक वितरकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...