सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

काठमाडौं – विश्व विद्युतीय गाडी दिवस अर्थात वर्ल्ड ईभी डेको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना भएको निसानको भनाइ छ । नेपाल सरकारको अग्रगामी चिन्तनको नीति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ ईभी प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैया उपलब्ध गराएको छ । निसान लिफ ईभी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो ।

निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोक भन्छन् – हाम्रो उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि क्लिन इनर्जी लक्ष्य प्राप्त गर्न लागिपरेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पु¥याई रहेका छौं ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्त्तरयुक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० किमी प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पिड १४० किमी प्रतिघण्टा छ । यसकोे संचालन खर्च सा-है कम छ ।

निसानको साउथ एशिया बिजनेस युनिटका निर्यात प्रमुख रघुनाथ नायर भन्छन् – समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ ईभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेका छौं । विश्वका सरकारहरु वातावरणप्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले प्रारम्भिक मुल्य ५९.९९ लाख कायम गरेको बताएका छन् । बजारबाट राम्रो प्रतिक्रिया पाएको हुनाले निसान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि काठमाडौंस्थित शोरुमहरुमा साताव्यापी टेष्ट ड्राइभको व्यवस्था गरेको उनले बताए ।

निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टले भारतमा बेच्यो १ हजार बढी ईभी

भिनफास्टले भारतमा बेच्यो १ हजार बढी ईभी

भियतनामी ईभी निर्माता भिनफास्टले भारतमा ईभी बिक्री थालेको ४ महिना पुरा...

सारथी स्कुटरमा दशैं अफर, २५ हजारसम्म नगद छुट

सारथी स्कुटरमा दशैं अफर, २५ हजारसम्म नगद छुट

काठमाडौं–सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरमा कम्पनीले दशैं अफर ल्याएको...

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

भारतको आइकनिक अटो निर्माता हिन्दुस्तान मोटर्सले इलेक्ट्रिक भेहिलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...