फर्स्ट इन क्लास राइडिङ मोडसहित सार्वजनिक हुँदै बीएस६ अपाचे आरटीआर २०० फोरभी

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भोलि बिहीबार बीएस६ इन्जिन सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक गर्ने भएको छ । होटल द सोल्टी काठमाडौंमा आयोजना हुने उक्त सार्वजनिक कार्यक्रम टीभीएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेजलगायत अन्य विभिन्न डिजिटल माध्यमबाट गरिने भएको छ ।

टीभीएस अपाचे आरटीआर २०० फोरभीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन वटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजीयुक्त बीएस६ कम्प्लायन्ट इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटीएफआई अर्थात रेस ट्युन्ड फ्युल इनजेक्सन टेक्नोलोजीलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकलप्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ ।

यस आरटीएफआई टेक्नोलोजीयुक्त बीएस६ कम्प्लायन्ट इन्जिन अरु कार्बोरेटर इन्जिन भन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ । यसले टीभीएसको रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको कम्पनीको भनाइ छ ।

यसैगरी यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पुरै ग्राफिक्स रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

अन्य मुलुकको सफलतालाई अंगाल्दै नेपालमै पहिलो पटक नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै फर्स्ट इन क्लास राइडिङ मोड्स सहितको मोडल नेपालमा लिएर आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

गत साता देशभरका शोरुममा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई

गत साता देशभरका शोरुममा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई

काठमाडौं – नेपाली बजारमा गत साता टीभीएसको नयाँ मोटरसाइकल अपाचे आरटीआर १६०...

टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’

टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’

टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ ।...

नेपालगन्जमा एनओजी राइड सम्पन्न

नेपालगन्जमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...