बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले चाडपर्वको अवसरमा थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

नेपाली बजारमा बेनेलीका विभिन्न मोडलका मोटरसाइकल उपलब्ध छन् । बेनेली मोटरसाइकल र तिनको मूल्य तथा विभिन्न अफर वारेमा बेनेलीको आधिकारिक फेसबुक पेजबाट जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बेनेली टीएनटी १५ : चाडपर्वको अफर सहित यसरी लिन सकिन्छ किस्ताबन्दीमा

बेनेली टीएनटी १५ : चाडपर्वको अफर सहित यसरी लिन सकिन्छ किस्ताबन्दीमा

बेनेलीको नेपाली बजारमा सबैभन्दा सस्तो मोटरसाइकल हो टीएनटी १५ । यसको मूल्य...

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...