ईभीमा ध्यान केन्द्रित गर्दै टाटा मोटर्स, पाँच बर्षपछि २५ प्रतिशत हिस्सा पु-याउने तयारी

इलेक्ट्रिक भेइकलको माग बिश्वब्यापी रुपमा बढ्दै गएपछि अहिले बिश्वका ठूला अटो उत्पादकहरु यस्ता सवारीसाधन उत्पादनमा केन्द्रित हुन थालेका छन् । कमर्सियल भेइकलमा बिश्वभर लोकप्रिय टाटा मोटर्सले प्यासेन्जरक कार उत्पादनमा आक्रमक मुभ दिन थालेसंगै हाल उसको जोड इलेक्ट्रिक कारमा समेत केन्द्रित हुँदै गएको छ ।

भारतीय बजारमा इलेक्ट्रिक कारको माग उच्च गतिमा बढ्दै गएपनि ठूला उत्पादकहरुले यसमा खासै जोड दिन नसकेपछि टाटाले यो सेग्मेन्टमा उज्वल भबिष्य देखेर ध्यान केन्द्रित गर्न थालेको हो ।

टाटा मोटर्सले केही समय अघि सार्बजनिक गरेको नेक्सन ईभीले भारतीय बजारमा अत्याधिक सफलता पाएपछि नयाँ उत्पादन थप्न कम्पनी झनै हौसिएर लागिपरेको छ । परिणामस्वरुप उसले हालसालै कम्प्याक्ट सेडान टिगोरलाई समेत ईभी भर्सनमा उतारिसकेको छ । कम्पनीका प्यासेन्जर भेइकल बिजनेस युनिटका अध्यक्ष सैलेश चन्द्रका अनुसार अबको ५ बर्षभित्र टाटाले १० भन्दा बढी नयाँ ईभीलाई बजारमा उतारिसक्ने दाबी गरेका छन् । पाँच बर्षपछि टाट मोटर्सको कुल बिक्रीको २५ प्रतिशत हिस्सा ईभीले ओगट्ने उनको भनाई छ ।

आगामी दिनमा ब्याट्रिको मूल्यमा समेत भारी गिरावट आउने र इलेक्ट्रिक कारको मुल्य क्रमिक रुपमा कम हुँदै जाने उनको भनाई छ । अटोकार इन्डियासंगको कुराकानीमा उनले भने, ‘ नयाँ नम्र्सका कारण हाल कारोबार हुँदै आइरहेको इन्टर्नल कम्बस्टन इन्जिनयुक्त कारको मुल्य क्रमिक रुपमा बढ्दो छ भने उता ईभीमा प्रयोग हुने ब्याट्रिको मूल्य घट्दो क्रममा रहेका कारण भोलीका दिनमा इलेक्ट्रिक कारको मूल्य कम हुने आधारहरु देखा परेका छन् । जसका कारण भोलिका दिनेमा यस्ता कारको मगमा क्रमिक बृद्धि हुँदैजाने निश्चित छ ।’

बजारको माग धान्न टाटा मोटर्सले तत्कालका लागी हाल कारोबार हुँदै आइरहेको इन्टर्नल कम्बसन इन्जिनयुक्त कारलाई नै ईभी भर्सनमा उतार्दै जानी रणनिती टाटा मोटर्सले बनाएको छ । सोही रणनिती अन्तर्गत नै कम्पनीले नेक्सन र टिगोर मोडललाई ईभीमा रुपान्तरण गरेको हो । तत्कालै नयाँ मोडलको ईभीलाई बजारमा नउतारीहाल्ने समेत उनले बताएका छन् ।

सम्बन्धित समाचारहरू

टाटा जेन्युइन पार्ट्स किन्दा  बजाज पल्सर १५० सीसी जित्ने अवसर

टाटा जेन्युइन पार्ट्स किन्दा  बजाज पल्सर १५० सीसी जित्ने अवसर

काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि पर्वको बेला...

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

भोलि देखि देशभरका सोरुममा टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

टाटा मोटर्सले भारतीय बजारमा कर्भ एसयूभी लन्च गरेको छ । सो कुपे एसयुभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...