यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड हो । गत वर्ष देखि जापानी बजारमा उपलब्ध सो कार एक आकर्षक लुक र दमदार इलेक्ट्रिक मोटरसँगै सजिएको छ । यसको सीमित मोडल मात्र बिक्री गरिनेछ । नयाँ सी प्लस पोड इलेक्ट्रिक दुई सिटर बीईभी हो जसलाई टोयोटाले मोबिलिटी विकल्पको रूपमा लन्च गर्ने बताएको छ ।

फिचर
कारमा पैदलयात्रीहरु र भीडभाड भएका क्षेत्रमा दुईपांग्रे सवारीहरुसँग टक्कर नहोस् भन्नाका लागि विशेष प्रकारको फिचर जडान गरिएको छ । सो कार छोटो दूरीको लागि डिजाइन गरिएको हो । पावरको लागि यसमा ९.०६ केडब्ल्यु लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । यसको मोटरले १२ एचपीको अधिकतम पावर र ५६ एनएमको टर्क जेनेरेट गर्छ ।

सिंगल चार्जमा १५० किलोमिटर
कम्पनीले सी प्लस पोड कार फुल चार्जमा १५० किलोमिटरको रेन्ज दिने दावी गरेको छ । २०० भी÷१६ एम्पियर पावर सप्लाईको मदतले सो कार ५ घण्टामा फुल चार्ज गर्न सक्ने साथै १०० भी÷६ एम्पियर स्ट्यान्डर्ड पावर सप्लाईको मदतले १६ घण्टामा फुल चार्ज गर्न सक्ने जानकारी दिइएको छ ।

दुई जनाको लागि बस्ने व्यवस्था
सो कारको आकार धेरै सानो छ । सो कारको कुल वजन ६९० किलोग्राम रहेको छ । यसको लम्बाई २४९० एमएम, चौडाई १२९० एमएम र उचाई १५५० एमएम रहेको छ । सी प्लस पोड कारमा दुई जनाको लागि मात्र बस्ने व्यवस्था गरिएको छ । यस कारको वजन कम राख्नका लागि एक्सटेरियर प्यानल प्लास्टिकबाट बनाइएको छ ।

मूल्य
टोयोटाले सी प्लस पोड दुई भेरिएन्ट एक्स ट्रिम र जी ट्रिम भेरिएन्टमा लन्च गरेको छ । यसको एक्स भेरिएन्टको मूल्य जापानी बजारमा करिव २० लाख र जी ट्रिम भेरिएन्टको मूल्य यो भन्दा केही हजार रुपैयाँले मात्र बढी छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

इलेक्ट्रिक गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जाँदा आयातमा पनि उल्लेखिय वृद्धि भइरहेको...

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...