खर्च धेरै तर उपयोग सीमित, यस्ता छन् कारमा कम मात्र उपयाेग हुने चर्चित फिचर
कारमा ठूला स्क्रिन, टच कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक लगायतका थुप्रै आधुनिक...
कारलाई नियमित रुपमा सफा गरिरहदा वा मर्मत गरिरहदा पनि धेरैजसो यसको वाहिरी भागमा वाटरमार्क वा रेनस्पट रहन सक्छ । दैनिक रुपमा स्याम्पु वा अन्य कुनै पदार्थदे सफा गरे पनि धेरै कारधनीहरुले यो समस्या भोगेको पाइन्छ ।
पानीले कार सफा गर्दा पानीमा भएका मिनरल कन्टेन्टका कारण यस्ता फोहोर पदार्थ रहने गर्छ । पानी वाष्पिकरण भएर उडे पनि यस्ता पदार्थ भने रहिरहन्छन् ।
यस्ता पदार्थ विशेष गरी तीन कारणले उत्पन्न हुन्छन् । विशेष गरी धारामा आउने पानीमा विभिन्न प्रकारका मिनरलका कारण पानी कडा हुन्छ । यसलाई हार्ड वाटर भनिन्छ । गाडीको वाहिरी भागमा रहेको पेन्टमा बसे भने यस्ता पदार्थलाई हटाउन पनि समस्या हुन्छ ।
त्यसैगरी उच्च रुपमा मिनरल कन्टेन्ट सहितका पानीका थोपाले पनि वाटरमार्क बनाउछ । उच्च रुपमा रहेका सल्फ्युरिक एसिड र नाइट्रिक एसिडसहितका एसिड रेनका कारण धेरैजसो यस्तो हुन्छ । हार्ड वाटर भन्दा यसका कारण बनेका वाटरमार्क हटाउन अझै समस्या हुन्छ ।
घामका कारण गाडीको वाहिरी भागमा रहेको पानी सुक्छ र त्यहाँ भएका मिनरल कन्टेन्टहरु कारको पेन्टसँग मिसिएर रहन्छन् । यो खाले वाटरमार्क हटाउन झनै असहज हुन्छ ।
त्यसैले यी सबै समस्याबाट बच्नका लागि कारलाई सके सम्म फोहोर पानीबाट बचाउनु पर्छ भने कारमा भएको पानीलाई घाममा तुरुन्तै सुकाएर हटाउनु पनि हुँदैन ।
यस्ता वाटरमार्क वा रेनस्पट हटाउनका लागि हामीले कारलाई वासिङ वा सर्भिस सेन्टरमै लैजानु राम्रो हुन्छ । यद्यपि हामी आफैले पनि यसलाई सफा गर्न सकिन्छ ।
यसका लागि सबैभन्दा पहिले प्रभावित क्षेत्रमा पानीले भिजाउनु पर्छ । यसका लागि कार स्याम्पुको प्रयोग गर्न सकिन्छ । बराबर रेसियोमा ह्वाइट भिनेगर र डिस्टिल वाटर मिसाएर स्पन्जको सहयोगले प्रभावित क्षेत्रमा विस्तारै एक दुई पटक पुछ्नु पर्छ । त्यसपछि सफा र सुख्खा तावेलले पुछ्नु पर्छ ।
त्यसैगरी नजिकको कुनै पार्ट्स पसल वा अटोमोटिभ पसलमा गएर यसका लागि रेडीमेड सामग्री ल्याएर प्रयोग गर्न पनि सकिन्छ । दिइएको निर्देशन अनुसार उपयुक्त रुपमा सफा गर्न सकिन्छ ।
यदि आफूलाई सफा गर्न आएन र सकिएन भने स्थानीय डिलर वा सर्भिस सेन्टरमा कारलाई पु¥याएर सफा गर्न पनि सकिन्छ ।
कारमा ठूला स्क्रिन, टच कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक लगायतका थुप्रै आधुनिक...
धेरै टाइट लुगा लगाएर कार चलाउने बानी छ भने यो बानीले धेरै खतरा हुन सक्छ ।...
गाडीको सुरक्षामा ब्रेकिङ प्रणालीले अहम् भूमिका खेल्छ । सवारी साधनको ब्रेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...